२१ साउन, बाँके । बाँकेको खजुरा गाँउपालिका स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले स्वास्थ्य विमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक विरामीहरुलाई अस्पताल समितिले ५० प्रतिशत व्यहोर्ने भएको छ ।
मंगलबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै अस्पतालले २०७९ भदौ २३ गतेको निर्णय अनुसार क्यान्सरको उपचारको कममा नेपाल सरकार, लुम्बिनी पदेश सरकार र स्वास्थ्य विमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक बिरामीहरुलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५०% अस्पताल बिकास समितीले व्यहोर्ने गरी छुट गरिएको जनाएको छ ।
Advertisement
आइसियु सेवा विस्तार सम्भवत पश्चिम नेपालकै पहिलो पोजेटिन प्रेसर आइसियु निर्माण भई सञ्चालनमा ल्याइएको छ ।
– पश्चिम नेपालकै पहिलो LINAC मेसिन जडान गरी Radiotherapy सेवा सन्चालनमा ल्याइएको छ । क्यान्सरको उपचारका लागी आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धी ।
Advertisement
– आ.व. ०७८/०७९ २५,१८१ जनरल सहित र ०७९ देखि २०८२ साउन सम्म १,४३,३३४ विरामी मध्ये ५२,७९३ जनामा क्यान्सर रोग पुष्टि भएको र सेवा लिइरहेको ।
– १/१ थान सुविधा सम्पन्न Type “A” Ambulance र Staff Bus भारतीय राजदुतावासको सहयोगमा सञ्चालनमा ल्याइएको छ ।
Advertisement
– अर्थ मन्त्रालयसँगको समन्वयमा भन्सार विभाग नेपालगञ्जबाट अस्पताललाई १ थान Jeep प्राप्त भई सञ्चालनमा ल्याइएको छ ।
– रक्त क्यान्सरको विरामीकोलागी बेग्लै Hemato-Oncology Ward निर्माण गरी सन्चालनमा ल्याई सेवा सुरु गरिएको ।
Advertisement
– विरामीको सेवालाई सहजर प्रभावकारी बनाउनका लागि ५५ वेडबाट ९५ वेड विस्तार गरिएको छ । अस्पतालमा Blood Bank स्थापना गरी संचालनमा ल्याइएको ।
– स्वास्थ्य सेवा विभागसँगको समन्वयमा सम्भवत पश्चिम नेपालकै पहिलो Apherisis मेशिन ल्याई सेवा सुरु
– २०७९१२२२ गतेको निर्णय अनुसार चौबिसै घण्टा Lab तथा X-ray सेवा सुरु गरिएको ।
– फोक्सो, कलेजी, मृगौला, ब्लड क्यान्सर लगायतका क्यान्सरका औषधीहरु Targeted Therapy निःशुल्क उपलब्ध गराउँदै आएको The Max Foundation से विभिन्न ६ प्रकारका क्यान्सरका औषधीहरु यस अस्पताललाई निःशुल्क उपलब्ध गराउने भएको छ ।
– लायन्स क्लब सँगको सहकार्यमा Hospice & Palliative Care भवन निर्माण भई सन्चालनमा ल्याएको । यस अस्पतालमा थप नयाँ 128 Slice CT Scan Machine जडान गरी संचालनमा ल्याएको ।
– नयाँ D-Xray Machine जडान गरी संचालनमा ल्याएको ।
– USAID को सहयोगमा अस्पतालमा Liquid Oxygen Tank जडान गरी संचालनमा ल्याएको ।
– 1000 KVA को ट्रान्सफर्मर खरिद गरी डेडिकेडेट ट्रकलाइन जडान गरी संचालनमा ल्याएको ।
– Post operative ward एवम् Paediatric oncology ward निर्माण गरी सेवा सुचारु गरिएको छ । Mortuary room निर्माण गरी संचालनमा ल्याएको ।
– Lab तथा Pharmacy प्रिफ्याक भवन निर्माण गरिएको ।
– सुविधा सम्पन्न चमेना गृह निर्माण गरी संचालनमा ल्याएको ।


















टिप्पणीहरू