Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

    १४ चैत्र, काठमाडौँ । बिहीबार देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

    Advertisement

    परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने परीक्षा बोर्डले जनाएको हो ।

    परीक्षाका लागि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »