Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कक्षा ८ को परिक्षालाई व्यवस्थित बनाउन बढैयाताल गाँउपालिकामा बैठक

    १ चैत्र, बर्दिया । चैत्र २ गते देखि सञ्चालन हुन लागेको आधारभूत तह कक्षा ८ को परिक्षालाई शान्तिपूणर् रुपमा सम्पन्न गर्न बर्दियाको बढैयाताल गाँउपालिकाले जनप्रतिनिधि र शिक्षक बीच छलफल भएको छ ।

    शिक्षालाई सुधार गर्ने उद्देश्यले अगाडि बढिरहेको बढैयाताल गाँउपालिकाले शुक्रबार देखि सुरु हुन लागेको परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन शिक्षक र परिक्षाकेन्द्रका प्रतिनिधि संग छलफल गरेको हो ।

    Advertisement

    गाँउपालिका प्रमुख हिमालय त्रिपाठीको नेतृत्वमा पालिकाको कार्यालयमा बसेको बैठकमा यो परिक्षाले आगामी शैक्षिक सत्रको लागि मुल्यांकन र मापन गर्ने गरी व्यवस्थित र मर्यादित बनाउन विषयमा छलफल गरिएको हो ।

    गाँउपालिका अध्यक्ष त्रिपाठीले बैठकको विषयमा नाईल खबरलाई जानकारी गराउदै भने, ‘कक्षा ८ मा यस पालिकाबाट ८२ वटा विद्यालयहरु सामिल हुनेछन भने विद्यार्थीको संख्या ९ सय ४७ जना छन । यो परिक्षाबाट हाम्रो नतिजा के छ ? विद्यालयको अवस्था कस्तो छ ? भन्ने मापन गर्नका लागि हामी ल्याबको रुपमा लिएका छौँ । यसलाई पाठको रुपमा लिएर अगाडि बढ्ने र थप विकास गर्ने उद्देश्य लिएका छौँ ।’

    Advertisement

    आफु आउनुभन्दा अगाडि शिक्षामा खासै त्यति लगानी नभएको र निर्वाचित भएर आइसके पश्चत सन्तोषजनक रहेको अध्यक्ष त्रिपाठीले जानकारी गराए ।

    पालिका अनुसार संस्थागत विद्यालय ८ वटा र सामुदायिक विद्यालय ३९ वटा रहेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »