अजय पाठक ३० भदौ, बाँके । बाँकेको एक स्थानीय तहमा सेवाग्राहीलाई मनोमानी ढंगले सिफारिस दिन नमानेपछि जनप्रतिनिधि कुटिएका छन । जानकी गाँउपालिका वडा नं. २ बेलभारका वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सेवाग्राहीको सिफारिसमा सरासर हस्ताक्षर गर्न अस्विकार गरेपछि उनी वडाकार्यालय मै कुटिएका छन । भदौ २६ गते दिउँसो ३ः३० बजेको समयमा सुष्मा पासी सहित उनको श्रीमान […]
२१ भदौ, बाँके । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि स्थानीय तहको भुमिका प्रभावकारी हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । जिल्लामा मानव बेचबिखन तथा ओसार पसार कार्यलाई नियन्त्रणका गर्नका लागि कुनै एक व्यक्ति तथा संस्थाले मात्रै कार्यक्रम गरेर सम्भव नभएकोले स्थानीय तहको प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिइएको हो । मानव बेचबिखन तथा ओसार पसार […]
१७ भदौ, बाँके । जानकी गाँउपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सार्वजनिक बाटो सफा राख्न अनुरोध गरेका छन । उनले जानकी वडा नं. २ बेलभार अन्र्तगत रहेका सार्वजनिक बाटोमा फोहर फाल्ने, बाटोका छेउमा खुर लगाउने पशुचौपाय बाध्ने खुल्ला रुपमा दिसापिसाब गर्ने जस्ता क्रियाकलाप नगर्ने नगराउन नगराउन सम्पूणर् वडावासीलाई अनुरोध गरेका छन । […]
१६ भदौ, कञ्चनपुर । कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँ स्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो ।
१३ भदौ, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नं. २ को बेलभारमा रहेको सडकको सरकारी जग्गा अतिक्रमण खाली गराईएको छ । वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको रहोबरमा उक्त सडकको अतिक्रमण जग्गा खाली गराइएको हो । परसपुर, बेलभार हुदैँ गौघाट जाने सडक खण्डमा निर्माण हुदैँ गरेको कालोपत्रेका लागि अतिक्रमण हटाइएको हो । क्रस ड्रेनेज संरचना र डामर […]
११ भदौ, काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन । सिंहदरबारमा सोमबार दिउँसो आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औँ बैठकलाई सम्बोधन […]
९ भदौ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनीमा रहेको मुस्लिम फत्ते मोहम्मद मुसाफिरखानामा राष्ट्रिय स्वराज पार्टीले भव्य रूपले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय नेता राजा सिंह, केन्द्रीय अध्यक्ष इरफान अहमद शेषले सहभागीहरुलाई प्रशिक्षण गरेका थिए । संगठन निर्माण, खुला सिमा सम्बन्धि समस्या तथा स्थानीय सरकारले अहिले गरिरहेको अन्यायको बारेमा छलफल […]
६ भदौ, बाँके । बाँकेको नेपालगञ्जमा ट्यालेन्ट हन्ट अफ बाँके २०२३ हुन लागेको छ । केबि डान्स स्टूडियो रुपन्देहीको आयोजनामा यहि भदौ ९ गते नेपालगञ्जमा ट्यालेन्ट हन्ट अफ बाँकेको फाईनल फिनाले हुन लागेको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत फाईनल फिनाले नेपालगञ्ज स्थित होटल बाटिकामा हुन लागेको जनाएको छ । कार्यक्रमकी संयोजक अन्जु रसाईलीले […]
३२ साउन, बाँके । बाँकेको खजुरा गाँउपालिकाका नागरिकको जन, धनका रक्षाका लागि नेपाल विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज खजुराले पालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघको ईकाई कमिटीले वर्षा याममा तराई क्षेत्रमा अत्यन्त जोखिम मानिएको सर्प दंशबाट खजुराका नागरिकका जन, धनको रक्षाका लागि गाँउपालिकाको ध्यानाकर्षण गराएको हो । संघका सभापति दिपक कु. […]
संजय कुशवाहा ३० साउन, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १४ आवास टोल स्थितमा जङ्गली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी अनुसार सोमबार जंगलबाट ल्याएको च्याउ खाएर १५ वर्षीया अनुपमा लोहार , ११ वर्षीय आचल लोहार ,९ वर्षीय अनु लोहार र १३ वर्षीय किसन लोहार बिरामी भएका […]











