Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सार्वजनिक बाटो सफा राख्नु : वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ता

    १७ भदौ, बाँके । जानकी गाँउपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले सार्वजनिक बाटो सफा राख्न अनुरोध गरेका छन ।

    उनले जानकी वडा नं. २ बेलभार अन्र्तगत रहेका सार्वजनिक बाटोमा फोहर फाल्ने, बाटोका छेउमा खुर लगाउने पशुचौपाय बाध्ने खुल्ला रुपमा दिसापिसाब गर्ने जस्ता क्रियाकलाप नगर्ने नगराउन नगराउन सम्पूणर् वडावासीलाई अनुरोध गरेका छन ।

    Advertisement

    वडाध्यक्षले वडालाई सफा बनाउन निर्देशन समेत दिएका छन । उनले भने, ‘यस्ता क्रियाकलापहरुबाट सार्वजनिक बाटो दुर्घन्धित हुने । सवारी साधनहरु दुर्घटना हुने समस्या निम्तिन सक्ने भएकोले यस्ता क्रियाकलापहरु नगर्न नगराउन अनुरोध गर्दछु ।’

    उनले एक सूचना जारी गर्दै यदी सार्वजनिक सूचना व्यवास्ता गरी यस्ता क्रियाकलाप गरेको पाईएमा कार्वाही गर्ने चेतावनी समेत दिएका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »