संजय कुशवाहा
३० साउन, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १४ आवास टोल स्थितमा जङ्गली च्याउ खाँदा ४ जना बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी अनुसार सोमबार जंगलबाट ल्याएको च्याउ खाएर १५ वर्षीया अनुपमा लोहार , ११ वर्षीय आचल लोहार ,९ वर्षीय अनु लोहार र १३ वर्षीय किसन लोहार बिरामी भएका हुन् ।
Advertisement
बिरामी भएका चारै जनालाई उपचारको लागी सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा ल्याई उपचार गर्दा हालको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
बिरामी भएका लोहारहरूले कुन प्रकारको च्याउ सेवन गरेको भन्ने कुरा खुल्न नसकेको जिल्ला कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।
















टिप्पणीहरू