१३ भदौ, बाँके । बाँकेको जानकी गाँउपालिका वडा नं. २ को बेलभारमा रहेको सडकको सरकारी जग्गा अतिक्रमण खाली गराईएको छ । वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको रहोबरमा उक्त सडकको अतिक्रमण जग्गा खाली गराइएको हो ।
परसपुर, बेलभार हुदैँ गौघाट जाने सडक खण्डमा निर्माण हुदैँ गरेको कालोपत्रेका लागि अतिक्रमण हटाइएको हो ।
Advertisement
क्रस ड्रेनेज संरचना र डामर कंक्रीट कामका लागि लुम्बिनी प्रदेशको लागतमा १९ करोड २६ लाख ६० हजार आठ सयमा ठेक्का पाएको निर्माण व्यवसायी एम एस के एस बसुलिङ्ग अनिल तेज जेभि धनगढीलाई काम गर्न सास्ती भएपछि वडाध्यक्ष गुप्ताको अगुवाई तथा स्थानीयहरुको उपस्थितीमा सडकको जग्गा अतिक्रमण गरेर बनाइएको टिनको टहरा तथा कच्ची घर भत्काइएको हो ।
सडकको जग्गामा पर्ने संरचना हटाउनका लागि पटक पटक सूचना दिदा पनि अटेरी गरेपछि डोजर लगाइएको वडाध्यक्ष गुप्ताले बताए ।
निर्माण स्थलमा रिर्पोटिङ्गमा पुगेका मिडियाकर्मीसंगको अन्र्तवार्तामा वडाध्यक्ष गुप्ताले भने, ‘बाटोको जग्गामा केही घर बनेका थिए । केहीले स्थानीयले आफुखुसी त्यहाँबाट संरचना हटाईहाले र केहीले भने अटेरी गरे ।’
Advertisement
निर्माण व्यवसायीले निर्माण गर्दै गरेको बाटो फराकिलो बनाउनुपर्ने स्थानीयले वडाध्यक्ष समक्ष माग गर्दै आईरहेका उनले जानकारी गराए । जस पश्चात ठेक्का पाएको कम्पनी संग सहजीकरण गर्दै घुमाउरो बाटोमा बनेका संरचना हटाइएको हो ।
उनले भने, ‘विकासको काममा बाधा पुर्याउनु हुन्न । एक दुई जना स्थानीय बाहेक यस सडकको विषयमा सकात्मक रहेका छन ।’
Advertisement
यस विषयमा गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष समेत छलफल गर्न खोजेपनि स्थानीयले अटेरी गरेपछि उनीहरुकै हिकका लागि यस्तो कदम उठाउनुपरेको वडाध्यक्ष गुप्ताले बताए ।
आफुहरुले मौखिक र लिखित दुवै सूचना मार्फत स्थानीयलाई जानकारी गराउदै आएको उनले बताए ।
Advertisement
बेलभारमा व्यवस्थित बाटो नभएको कारण बर्खामा सास्ती खेप्दै आएको बेलभारमा बाटो निर्माण पश्चात आफुहरुलाई धेरै राहत हुने स्थानीय अजय पाल वर्माले जानकारी दिए ।
त्यहाँका स्थानीयले प्रदेश सरकारलाई यसै मिडिया मार्फत आभार समेत व्यक्त गरेका छन ।
टिप्पणीहरू