Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सर्प दंशबाट खजुरावासीको रक्षा गर्न पालिकालाई ज्ञापनपत्र

    ३२ साउन, बाँके । बाँकेको खजुरा गाँउपालिकाका नागरिकको जन, धनका रक्षाका लागि नेपाल विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज खजुराले पालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

    संघको ईकाई कमिटीले वर्षा याममा तराई क्षेत्रमा अत्यन्त जोखिम मानिएको सर्प दंशबाट खजुराका नागरिकका जन, धनको रक्षाका लागि गाँउपालिकाको ध्यानाकर्षण गराएको हो ।

    Advertisement

    संघका सभापति दिपक कु. गणेशले उक्त ज्ञापनपत्रमा उल्लेख गरेका छन, ‘यस आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा साउनदेखि जेठ महिनाको मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेको, जसबाट २५ जनाको मृत्यु लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला मध्ये बाँकेमा ९८ जनालाई टोक्दा ८ जनाको मृत्यु भएको छ ।’

    सचिव आयुष पौडेलले सर्पदंशका कारण मृत्यु हुनुमा प्रमुख दुई कारण रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक रहेको जानकारी गराए ।

    Advertisement

    उनले भने, ‘उपचार केन्द्रहरू पर्याप्त नहुनु र उपचारको लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु हुनु प्रमुख दुई कारण रहेको पाईएको छ ।’

    खजुरा गाउँपालिकाका सर्वसाधरण नागरिकका जिऊ ज्यानको रक्षाको पहल गर्दै नेपालको संविधानको धारा ३५ को उपधारा १ बमोजिमको कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने प्रावधान एवं स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को (क) र उपदफा ४ को (ख)) बमोजिमका माग सहितको ज्ञापन पत्र गाँउपालिकाका अध्यक्षलाई हस्तान्त्रण गरिएको छ ।
    उक्त मागहरु यस प्रकारका छन

    Advertisement

    १. सर्प दशबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्न,
    २. सर्प दंश लक्षित गरी २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध हुने व्यवस्था,
    ३. नागरिकका घर भित्र पसेका विषालु सर्प समाइ उद्दार गर्ने गरि २४सै घण्टा तैनाथ दक्ष जनशक्ति व्यवस्थापन,
    ४. भेरी अस्पतालमा रहेको सर्प दंश उपचार केन्द्रमा अत्याधिक चाप रहेकाले गाउँपालिकाको आफ्नै सर्प दंश उपचार केन्द्र स्थापना गर्न वा तत्कालका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहने गरि स्थापना गर्न आवश्यक समन्वय गर्न,

    गाँउपालिका प्रमुख डम्बर बहादुर वि.क. र प्रसासकिय अधिकृत अर्जुन सुवेदीले ज्ञापनपत्र प्रतिसकारात्मक प्रतिक्रिया दिदैँ आवश्यक प्रवन्ध मिलाउने बताएका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »