११ कात्तिक, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि बाँकेमा नेपाल सम्वत धुमधामका साथ मनाईने भएको छ । नयाँ वर्ष नेपाल सम्वत ११४५ को उपलक्ष्यमा कार्तिक १७ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्याली आयोजना गरिने भएको छ । न्हुदँया भिन्तुना नेपाल संवत ११४५ को अवसरमा शुभकामना कार्यक्रम तथा भब्य र्याली आयोजना गरिने नेवाः […]
७ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ४ आधारभूत स्वास्थ्य केन्द्र र डुडुवा ३ बन्कट्टी स्वास्थ्य चौकीमा एक सय ६३ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कात्तिक ६ र ७ गते सञ्चालन गरिएको निःशुल्क शिविरमा ८० जना पुरुष र ८२ […]
३ कात्तिक, काठमाडौँ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको थुनामा रहेका महमद क्यामोदिन मृत अवस्थामा भेटिएका छन् । रत्ननगर नगरपालिका-१३ का ४५ वर्षीय क्यामोदिन बाथरुममा मृत अवस्थामा भेटिएका हुन । उनी आपराधिक लाभ कसुर मुद्दामा कात्तिक १ गते पक्राउ परेका थिए । थुनुवा कक्षको बाथरुमको ढोका छेउमा उनी आज बिहान पौने ५ बजेको समयमा भेटिएका […]
३ असोज, बाँके । बाँकेको डुडुवा गाँउपालिका-६ मा दुई सय २० जनाको आँखा जाँच भएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र एक सय ३० जना महिला गरेर कुल दुई सय २० जना बिरामीको आँखा जाँच गरिएको हो । कात्तिक […]
१ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रकम जम्मा भएको छ । असोज ३० गते सम्म यो रमक कोषमा दाखिला भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सार्वजनिक विवरण अनुसार कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० […]
२७ असोज, बाँके । बाँकेको कोहलपुरमा टाउको नभएको एक पुरुषको शव फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीचोक नजिकै शितलनगरमा स्थानीय ४० वर्षीया चन्द्र बहादुर कामीको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शव सनाखत पछि पोष्टमार्टमका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल ल्याइएको छ । मृतकको पहिचान उनकै बुबाले […]
२६ असोज, बाँके । बडादशैंको आज दशौं दिन नेपालगञ्जमा ५५ फिटको रावणको पुत्ला दहन गरिएको छ । करिब डेढ सय वर्ष देखि आयोजना हुदैँ आएको रामलिला कार्यक्रममा आज साँझ रावणको पुत्ला दहन गरिएको हो । यस वर्ष आयोजना गरिएको एक सय ५७ औं रामलीला महोत्सव कार्यक्रममा कुम्भकरण, मेघनाथ र रावणको वध गरिएको हो । भारतको […]
२० असोज, बाँके । बाँकेको कोहलपुरमा शवदाह गृह बन्ने भएको छ । कोहलपुर नगरपालिकाका अध्यक्ष पूर्ण आचार्यले एक कार्यक्रम बीच आज शवदाह गृहको शिलन्यास गरेका हुन । कोहलपुर नगरबासीको लामो समय देखिको साँझा एजेण्डाको रुपमा रहेको शवदाह गृह निर्माण कार्य सुरु भएको हो । कोहलपुर स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनी खोलाको संगम […]
१८ असोज, बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य तथा जि नेपाल एचडी टेलिभिजनका संवाददाता अभिषेक गुप्ता माथि बिहीबार समाचार संकलनको बिषयलाई लिएर दुर्व्यवहार भएको छ । उक्त घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पीडितका अनुसार नेपालगन्जमा रिर्पोटिङ गरेर फर्किने क्रममा राती करिब ११ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं-३ त्रिवेणी […]
१३ असोज, काठमाडौँ । भारी वर्षापछि आएको बाढी, पहिरो लगायतका विपद्बाट हाल सम्म ९९ जनाको मृत्यु भएको छ । यस्तै, विपदमा परी ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन । गृह मन्त्रालय अनुसार शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।











