२० असोज, बाँके । बाँकेको कोहलपुरमा शवदाह गृह बन्ने भएको छ । कोहलपुर नगरपालिकाका अध्यक्ष पूर्ण आचार्यले एक कार्यक्रम बीच आज शवदाह गृहको शिलन्यास गरेका हुन ।
कोहलपुर नगरबासीको लामो समय देखिको साँझा एजेण्डाको रुपमा रहेको शवदाह गृह निर्माण कार्य सुरु भएको हो ।
Advertisement
कोहलपुर स्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनी खोलाको संगम स्थलपारी आधुनिक प्रविधियुक्त कोहलपुर शवदाह गृहको शिलन्यास गरिएको अध्यक्ष आचार्यले जानकारी गराए ।
शवदाह निर्माण सँगै करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने विश्वासका साथ योजना अगाडि बढाइएको हो ।
Advertisement
प्रारम्भिक रुपमा करिब एक करोड २५ लाख लागतको बजेटबाट निर्माण सम्पन्न हुने कोहलपुर शवदाह गृहको निर्माण संयोजक चक्र अधिकारीले जानकारी गराए ।
नगरअध्यक्ष आचार्यले जानकारी गराउदैँ भने, ‘भरसक हामी शवदाह गृह निर्माणको लागि आवश्यक रकम विभिन्न सामाजिक तथा वित्तिय संस्थाहरुबाट सामाजिक उत्तरदायित्व बहन गर्न लगाइ जुटाउने प्रक्रियामा छौं ।’
Advertisement
उनका अनुसार शवदाह गृह निर्माण समितिका संयोजक अधिकारीको विशेष पहलमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रकम उपलब्ध गराउने निणर्य गरेको र चाडै निर्माण समितिको बैंक खातामा रकम उपलब्ध हुने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
यस्तै, चक्र अधिकारीकै अगुवाइमा अन्य वित्तीय संस्थाहरुमा समेत समन्वय भइरहेको बताइएको छ ।
टिप्पणीहरू