Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भिडियो सामाग्री खिचेको निहुँमा पत्रकार अभिषेक गुप्ता माथि दुर्व्यवहार

    १८ असोज, बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य तथा जि नेपाल एचडी टेलिभिजनका संवाददाता अभिषेक गुप्ता माथि बिहीबार समाचार संकलनको बिषयलाई लिएर दुर्व्यवहार भएको छ । उक्त घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    पीडितका अनुसार नेपालगन्जमा रिर्पोटिङ गरेर फर्किने क्रममा राती करिब ११ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं-३ त्रिवेणी मोड नजिकै घर अगाडी तीन जना युवाको समूहले भिडियो किन बनाएको भन्दै गुप्तालाई हातपातको समेत प्रयास गरेका थिए ।

    Advertisement

    समाचार संकलनको विषयलाई लिएर पत्रकार गुप्तामाथि भएको दुव्र्यवहारको घटनाको नेपाल पत्रकार महासंघ बाँके शाखा सहित उनी कार्यरत सञ्चारमाध्यमले भत्सर्ना गरेको छ ।

    दुव्र्यबहारमा संलग्नहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग समेत गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »