Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १२ असोज, बाँके । बाँकेको नेपालगञ्जबाट अबैध लागूऔषध सहित डुडुवा गाँउपालिकाका एक जनालाई पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय मिलिग्राम सहित डुडुवा गाउँपालिका-५ बस्ने ३६ वर्षीय सन्तराम अहिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँके प्रहरी अनुसार उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ […]

    १० असोज, दाङ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राम प्रताप यादवलाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका-२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । यादवले ती महिलालाई लमही नगरपालिका-७ बन्गैस्थित करी सामुदायिक वनमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय […]

    १० असोज, काठमाडौँ । आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा भैसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ । ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो । प्रारम्भिक छानबिनमा उनले आर्थिक लेनदेन गरेको खुलेपछि जिल्ला प्रहरी परिसर ललितपुरले निलम्बनको प्रक्रिया अघि बढाएको हो । अधिकृत तहको निलम्बन गृह […]

    ९ असोज, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोह बीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्री को कृति “साना निबन्ध“ को विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उक्त कृतिलाई पहिलोपटक सार्वजनिक गरेको हो । किताबको प्रकाशकमा प्रा. पुन्य खत्री तथा सिद्धार्थ पब्लिक एकेडेमीका प्रधानाध्यापक […]

    ७ असोज, बाँके । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको परिसरमा खुलेआम जुवा खेलाईदैछ । आइतबारबाट सञ्चालनमा आएको मेलालाई सांस्कृतिक कार्यक्रमको प्रदर्शनी हुने बताइए पनि जुवाको अखाडा बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिरको पार्किङ स्थल परिसरमा घरवारीटोल युवा समितिले विजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहितको मिनि महोत्सव […]

    ६ असोज, काठमाडौँ । मनघरी फाउण्डेशनको आयोजनामा शनिवार देखि काठमाडौंको नयाँ वानेश्वोरमा मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यसपटक मुगु जिल्लाको प्रर्दशनी सुरु गरिएको फाउण्डेशनका अध्यक्ष तथा फोटो पत्रकार भारत बन्धु थापाले जानकारी दिए […]

    ६ असोज, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कार सहित विभिन्न पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई संयुक्त रूपमा प्रदान गर्ने निणर्य भएको छ । तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय […]

    ६ असोज, काठमाडौँ । दशैं तिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले अग्रिम टिकट बुकिङ चाढै खुल्ला सहित सातबुँदे निणर्य गरेको हो । भौतिक पूर्वाधार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच भएको बैठकमा यातायात व्यवस्था विभाग […]

    ३ असोज, बाँके । संविधानका बारेमा सेचतना अभिबृद्धिका लागि संविधान बाचन गरिएको छ । संविधान दिवसको अवसरमा आज एक कार्यक्रमका बीच पुर्ण संविधान बाचन गरिएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र सार्वजनिक सरोकार कानून व्यवसायी समुह नेपालगञ्जको संयुक्त आयोजनामा संविधान बाचन कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न व्यक्तीहरुले संविधान बाचन गरेका थिए […]

    ३ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ स्थित फुल्टेक्रा चोकमा दीप प्रज्वलन गरिएको छ । आज असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा फुल्टेक्रा चोकमा दीप प्रज्ज्वलन गरिएको हो । जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब, श्री नव दुर्गा पूजा समिति फुल्टेक्रा चोक लगायत स्थानीयको सहकार्यमा मन्दिर दीप प्रज्वलन गरिएको हो […]

    Translate »