७ साउन, बाँके । सडक मापदण्ड विपरित संरचना निर्माण गर्ने विरुद्ध नेपालगञ्ज उपमहानगरपालिकाले हटाउन सात दिने अल्टिमेटम जारी गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक मापदण्ड विपरित टिन टहरा निर्माण गरेको प्रति रोक लगाउदै सात दिन भित्र त्यस्तो संरचना हटाउन नगरले आदेश दिएको छ । नेपालगञ्ज ४ […]
६ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिक्दै गर्दा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आफुलाई निर्वाचन केन्द्रित बनाउदै आएको छ । विभिन्न चरणमा आफ्ना शुभेच्छुक तथा प्रजातन्त्रमा आस्था र विश्वास गर्ने विभिन्न उद्योगी व्यवसायी लगायत संग निर्वाचनमा कसरी जाने भन्ने जस्ता विषयमा छलफल र भेटघाटलाई तिव्रता दिएको छ । यस्तै छलफल गर्ने क्रममा […]
४ साउन, काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० […]
३ साउन, बाँके । बैंकिङ कसुरमा पक्राउ भएका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता समेत रहेका विजयबहादुर यादवले सम्बन्धित व्यक्तिलाई रकम बुझाए पछि रिहा भएका छन् । डुडुवा गाउँपालिका–१ होलिया घर भएका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवले रुपन्देही स्थित सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई सोमबार नै रकम बुझाएपनि आबश्यक प्रक्रिया पूरा हुन नस्क्दा मंगलबार मात्रै रिहा […]
२ साउन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको कब्रस्तानको आय व्याय माग गर्दै कब्रस्तान संघर्ष समितिले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । उक्त कब्रस्तानको संचालक समितिले मनोपरी ढंगले कब्रस्तान संचालन र व्यवस्थापन गर्दै आएको बताउदैँ स्थानीय मुस्लिम अगुवा र संघर्ष समितिका पदाधिकारीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन […]
३१ असार, बाँके । बैङ्किङ कसुर मुद्दामा पूर्व कृषि मन्त्री बिजय बहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ होलिया घर भएका एमाले नेता पूर्ब बिधायक एवं कृषि मन्त्री बिजय बहादुर यादव रहेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले यादवलाई डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो । […]
२९ असार, बाँके । बाँकेको जानकी गाँउपालिकामा यति बेला किर्ते हस्ताक्षर बारे चौतर्फी आलोचना भएको छ । योजना अनुगमन समितिको प्रतिवेदनमा गाँउपालिका उपाध्यक्ष रामप्यारी यादवको किर्ते हस्ताक्षर गरिएको पाइएको छ । रकम निकासा अघि नै घटना बाहिरिएपछि किर्ते हस्ताक्षर कस्ले गर्यो भन्ने विषयमा व्यापक आलोचना भएको छ । २०८० साल बैशाख १० गते सम्झौता भई […]
२७ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार शाहीलाई सो पदमा नियुक्त गरेका हुन् । शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत छन् । त्यसैगरी, अध्यक्ष लिङ्देनले कणर्ाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गरेका छन् […]
२६ असार, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति घोषणा भएसंगै प्रतिस्पर्धी आ-आफ्नो प्यानल बनाउन दौडधुपमा होमिएका छन । आगामी साउन २० गते हुने चुनावमा ललित कुमार रौनियार र टंक धामी प्यानल बीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले अध्यक्षमा रौनियार र माओवादी […]
२६ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीले मंगलवार थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए । उनीहरू माथि मन्त्रिपरिषद्को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको […]










