Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचन केन्द्रित बन्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी

    ६ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिक्दै गर्दा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आफुलाई निर्वाचन केन्द्रित बनाउदै आएको छ । विभिन्न चरणमा आफ्ना शुभेच्छुक तथा प्रजातन्त्रमा आस्था र विश्वास गर्ने विभिन्न उद्योगी व्यवसायी लगायत संग निर्वाचनमा कसरी जाने भन्ने जस्ता विषयमा छलफल र भेटघाटलाई तिव्रता दिएको छ ।

    यस्तै छलफल गर्ने क्रममा शनिबार पनि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आफ्नो नेपालगञ्ज उपमहानगरपालिका स्तरीय प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नगर कार्यसमितिको सयुक्त आयोजनामा छलफल राखेको छ । नेपाली कांग्रेस बाँकेका पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा बसेको छलफल तथा बैठकमा निर्वाचनलाई विजय केन्द्रित बनाउनेका लागि कुनै कसर बाँकी नराख्ने समेत जनाएको छ ।

    Advertisement

    पछिल्लो समय नेपालगञ्ज उद्योग वाणिज्य संघ सम्पुणर् व्यवसायीहरुको साझा थलो बन्न नसक्दा आफुहरुलाई निर्वाचनले अझै बढी हौसला प्रदान गरेको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाले बताए ।

    अध्यक्ष थापाले भने, ‘हामीले हरेक प्रयासहरु गरीरहेका छौ,नेपालगंज उद्योग वाणिज्य संघ कुनै पार्टिको नभै सम्पुणर् व्यवसायीहरुको साझा थलो बन्नु पर्दछ, यो शहरको माग हो, अहिले पनि उद्योग वाणिज्य संघको सदस्यता किन लिने भन्ने प्रतिप्रश्न गरीरहेको अवस्थामा कुनै पनि हालतमा उद्योग वाणिज्यसंघ कुनै पार्टिको आमुक थलो बन्न हुदैन, त्यसो हुन हामी दिदैनौं ।’

    Advertisement

    बैठक तथा छलफल कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति गोपाल प्रसाद अधिकारीले प्रजातन्त्रमा विश्वास राख्नेहरु गोल भएर आउनु पर्ने बताए । उपसभापति अधिकारीले भने, ‘प्रजातन्त्रमा विश्वास राख्ने सबैले प्रजातान्त्रिक उद्योगी व्यवसायीलाई विश्वास मानेर अगाडि बढ्नु पर्दछ । यसैमा सबैको हित हुने हामी देख्दछौं ।’

    छलफलले निर्वाचनलाई सहयोग मिल्ने किसिमले विभिन्न समितिहरु समेत निर्माण गरी अगाडि बढ्ने बताइएको छ । बैठक तथा छलफलमा विभिन्न व्यक्तित्वहरुले आ-आफ्नो सुझाव तथा भनाईहरु राखेका थिए ।

    Advertisement

    छलफलमा सुझाव तथा भनाई राख्नेहरुमा पार्टि सदस्य चिन्तामणी धिताल,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका उपाध्यक्ष चन्डि गैरे, धु्रव प्रसाद दाहाल, नेपालगञ्ज उपमहानगरपालिका नगर स्तरीय प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका नगर अध्यक्ष शिव प्रसाद दाहाल, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके सदस्य फरुद्धिन हक, नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव विष्णु लामिछाने,होटल व्यवसायी गोपाल गिरी,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका सल्लाहकार मधु पौडेल, हरिश्चन्द्र श्रेष्ठ, आउँदै गरेको नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायीको तर्फबाट अध्यक्षका उम्मेदवार ललित कुमार रौनियार लगायत रहेका थिए ।

    धार्मिक आस्था अनुसार केही दिन अघि स्थापना गरीएको प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुको निर्वाचन सचिवालय कार्यलयको उद्घाटन यही साउन मंगलबार गर्ने विषयले समेत छलफलमा स्थान पाएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके वरिष्ठ उपाध्यक्ष उमा ग्राण्डनले जानकारी दिइन । छलफल तथा बैठकको सहजीकरण संघका सचिव हिमनाथ पौडेलले गरेका थिए ।

    Advertisement

    नेपालगञ्ज उद्योग वाणिज्य संघको सदस्यता विवादमा आएर आसन्न निर्वाचन सरेको र भदौ २ गते मतदान गर्ने निणर्य समेत गरीएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »