Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बैङ्किङ कसुर मुद्दामा एमाले नेता यादव पक्राउ

    ३१ असार, बाँके । बैङ्किङ कसुर मुद्दामा पूर्व कृषि मन्त्री बिजय बहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ होलिया घर भएका एमाले नेता पूर्ब बिधायक एवं कृषि मन्त्री बिजय बहादुर यादव रहेका छन् ।

    आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले यादवलाई डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।

    Advertisement

    रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी गरे पछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको जिप्रका बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »