मंसूर अली इद्रिशी ६ असोज, बाँके । पूर्व मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष हिरालाल लोनिया र पूर्व मन्त्री मोहम्मद इस्तियाक राई बीच पुनर्मिलन भएको छ । हिरालाल लोनियाले नेपाली कांग्रेस पार्टीलाई परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । उनलाई जसपाका केन्द्रीय महासचिव राईले शनिबार एक औपचारिक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका […]
६ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस बीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेस बीच सनिवार साँझ भेटवार्ता भएको हो । भेटमा विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
५ असोज, जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमतकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् । शुक्रबार सभापतिमा निर्विरोध उनी निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत २५ जेठमा सांसद सतिशकुमार सिंह मुख्यमन्त्री बनेपछि अर्थ तथा योजना समितिको सभापति पद रिक्त थियो ।
४ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । […]
३ असोज, जनकपुर । संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरु माथि भएको दमन र प्रतिगमनको प्रतीकको रुपमा पुतला दहन गर्न खोज्दा तमलोपाका कार्यकर्ता र प्रहरी बीच छिनाझपटी र झडप भएको छ । आजै बिहान तमलोपाका […]
३ असोज, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई संविधानले संरक्षण गरेको बताएका छन । दशकौं लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना […]
३ असोज, काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूणर् नेपालीहरूमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई एवं शुभकामना व्यक्त गरेका छन । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूणर् ज्ञात-अज्ञात सहिदहरू प्रति भावपूणर् श्रद्धाञ्जली समेत अर्पण गरेका छन । साथै, गणतन्त्र स्थापनाका लागि कष्टपूणर् […]
३ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशत सम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौैटेपन हटाउन सरकार लागिपरेको बताए । उनले अनलाइन […]
३ असोज, काठमाडौँ । आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् । पछिल्लोपटक संविधान संशोधनको बहस समेत भइरहेको छ । संविधान जारी […]
२ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनको मिति घोषणा गरेका छन । पार्टीको जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले आगामी २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले जानकारी गराए ।










