मंसूर अली इद्रिशी
६ असोज, बाँके । पूर्व मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष हिरालाल लोनिया र पूर्व मन्त्री मोहम्मद इस्तियाक राई बीच पुनर्मिलन भएको छ ।
हिरालाल लोनियाले नेपाली कांग्रेस पार्टीलाई परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । उनलाई जसपाका केन्द्रीय महासचिव राईले शनिबार एक औपचारिक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन ।
Advertisement
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री राईले आफु र हिरालाल लोनियाले मधेसी जनअधिकार फोरममा हुँदा दिनरात एक गरेर काम गरेका बताए ।
उनले भने, ‘हिरालाल लोनियाले त्यतिबेला १४ महिना जेल जीवन बिताउनुपरेको थियो, जुन मधेसी जनअधिकार फोरमलाई उचाईमा पुर्यार्याउन ठूलो योगदान साबित भयो ।’
Advertisement
महासचिव राईले थप भने, ‘अब हिरालाल लोनियाले नेपाली कांग्रेस पार्टी छोडेर जसपा पार्टीमा प्रवेश गरेसँगै, म विश्वस्त छु कि उनी नेतृत्वमा जसपा अझ बलियो बन्नेछ र यसले कार्यकर्तामा नयाँ उत्साह पैदा गर्नेछ ।’
पार्टी प्रवेश गर्दै हिरालाल लोनियाले आफु अझै पनि मधेसी जनतामा जनचेतना ल्याउने लक्ष्य राखेको बताए । उनले मधेसी जनतामा अझै पनि राजनीतिक चेतनाको कमी रहेको जिकिर गरे ।
Advertisement
उनले भने, ‘जसका कारण उनीहरू आफ्ना अधिकारबाट वञ्चित भइरहेका छन् ।’
उदाहरण दिदैँ भने, ‘खजुरामा मधेसी समुदाय माथि कुनै समस्या पर्दा, बेतहनीमा टायर बल्नुपर्ने अवस्था आउँछ । यो हामीले हाम्रो राजनीतिक चेतनाको कमीको परिणाम हो भन्ने मैले बुझेको छु ।’
Advertisement
यस अवसरमा हिरालाल लोनियाले आफ्नो विगतको संघर्षलाई स्मरण समेत गरे । उनले भने, ‘मधेस आन्दोलनको समयमा मैले जसरी जेल जीवन बिताए, त्यो समय हाम्रो आन्दोलनको एउटा महत्वपूणर् पाटो थियो । हामीले जसरी त्यतिबेला संघर्ष गर्यौं, त्यसले मधेसको मुद्दालाई राष्ट्रियस्तरमा स्थापित गर्योथ। अहिले जसपा पार्टीमा प्रवेश गरेर, म फेरि मधेसी जनताको मुद्दामा सक्रिय भएर काम गर्न चाहन्छु ।’
उक्त कार्यक्रममा अन्य नेताहरूको पनि उपस्थिति थियो । जसपा पार्टीका केन्द्रिय महासचिव राई, लुम्बिनी प्रदेशका नेता जयप्रकाश वर्मा, माजिद शेष, जिल्ला संगठन विभाग प्रमुख अतहर हुसेन फारुकी, जिल्ला सचिव राजेन्द्र बिश्वकर्मा, नगर अध्यक्ष अरुण सिंह, शिक्षक संघ अध्यक्ष आदित्य बर्मा, युवा अध्यक्ष मोहम्मद अहमद राई, र जसपा जानकी गाउँपालिकाका अध्यक्ष धर्मराज वर्मा लगायतका नेताहरूले कार्यक्रममा सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै नेताहरूले मधेसी जनताको अधिकारका लागि अझ धेरै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
उनीहरूले मधेसको मुद्दा अझै पनि पूणर् रूपमा समाधान नभएको र यसका लागि नयाँ पुस्तालाई राजनीतिक रूपमा सशक्त बनाउन जरुरी रहेको बताए । हिरालाल लोनियाको पुनः पार्टीमा सक्रिय सहभागिताले यो आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने विश्वास लिएका छन ।
यस प्रकारको कार्यक्रमले जसपा पार्टीलाई लुम्बिनी प्रदेशमा थप बलियो बनाउने अपेक्षा गरिएको छ । पार्टीमा नयाँ नेतृत्वको आगमनसँगै कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह देखिएको छ ।
टिप्पणीहरू