Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले बिर्सनु हुदैँनः प्रधानमन्त्री

    ३ असोज, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् ।

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?

    Vote for your option

    संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई संविधानले संरक्षण गरेको बताएका छन ।

    Advertisement

    दशकौं लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधानको संरक्षण गर्नु सबैको दायित्व रहेको उनले बताए ।

    प्रधानमन्त्रीले संविधानको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्ने संकेत उल्लेख गरेका छन् । जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुने उनले बताए ।

    Advertisement

    प्रधानमन्त्री ओलीले स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र मस्तिष्कमा सल्बलाइरहेको जनाएका छन् ।

    संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सबै नेपालीमा संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »