Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संविधानले समाजलाई राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छः राष्ट्रपति पौडेल

    ३ असोज, काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूणर् नेपालीहरूमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई एवं शुभकामना व्यक्त गरेका छन ।

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?

    Vote for your option

    उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूणर् ज्ञात-अज्ञात सहिदहरू प्रति भावपूणर् श्रद्धाञ्जली समेत अर्पण गरेका छन । साथै, गणतन्त्र स्थापनाका लागि कष्टपूणर् संघर्ष गरेका योद्धाहरू, विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा समेत गरेका छन ।

    Advertisement

    नेपाली जनताको संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका राष्ट्रपति पौडेलले बताए ।

    वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको उनको भनाई छ ।

    Advertisement

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई यस दिवसले एकजुट हुन प्रेरणा दिनेछ भन्ने अपेक्षा लिएको छु । हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन् । यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन ।’ उनले भने ।

    उनले थप भने, ‘आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूणर् राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूणर् र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।’

    Advertisement

    ‘हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित संभावनाको ढोका खोलेको छ । सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट हामीसँग भएका साधन स्रोतको उचित व्यवस्थापन गर्दै न्यायोचित वितरण गर्न सके पनि नेपाल समुन्नत राष्ट्र हुन सक्दछ भन्ने मलाई लाग्दछ ।’

    हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी एवम् बहुसंस्कृतिलाई हाम्रो संविधानले समान संरक्षण प्रदान गरेको उनले बताए । यस्तो अवस्थामा नेपालीहरू बीच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने उनी विश्वास छन ।

    Advertisement

    नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक छ ।

    उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ-आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आव्हान समेत गरेका छन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »