२४ असार, काठमाडौँ । केहीदिन यता भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर हाल सम्म ७० जनाले ज्यान गुमाएका छन् । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ । यस्तै ८६ जना घाइते र पाँच जना बेपत्ता भएका छन । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी […]
२० असार, बाँके । नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा खजुरामा जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि डम्बर बहादुर वि.क. तुफानले मानवीय सेवाका लागि रेडक्रस संग मिलेर काम गर्न पालिका तयार रहेको बताउँदै रक्तसंचार सेवा र विपद् व्यवस्थापनमा भएको सहकार्यको प्रशंसा गरे […]
२० असार, बाँके । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालको रेडियोग्राफर पदमा करारको रुपमा कार्यरत खालिद अहमद सिद्दिकी विरुद्ध अख्तियारले विषेश अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । झुट्टा बिल भरपाई बनाई राजस्व रकम दाखिला नै नगरी आफैले राख्ने गरेको उनी विरुद्ध उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले अनुसन्धान गर्ने क्रममा सिद्दिकीले […]
२० असार, काठमाडौँ । मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन । भीमफेदी गाउँपालिका-६ उर्लाघारीकी ६५ वर्षीया मङ्गलीमाया स्याङ्तान सहित सात जना बिरामी परेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर अनुसार ३२ वर्षीय बुद्धिबहादुर, उनकी श्रीमती ३० वर्षीया पासाङमाया, छोरा लासाङ स्याङ्तान, १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र […]
८ असार, बाँके । धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रत्येक वर्ष हजारौँको संख्या मृत्युदर बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट मानिसहरु विभिन्न प्रकारका क्यानसरका सिकार भएका छन । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना र हेल्थ आवाज सहकार्यमा बुटवलमा भएको सूर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणका लागि पत्रकारहरु सँगको अन्तक्रियामा नेपालमा हरेक […]
८ असार, बाँके । पश्चिम नेपालकै स्वास्थ्य केन्द्रको रुपमा स्थापित बाँकेमा रगत अभाव भएको छ । बाँकेका रक्तसञ्चार केन्द्रहरुमा रगतको अभाव भएको हो । केही दिन यता भईरहेको अत्याधिक गर्मीका कारण दाताहरुले रगत दानमा ओरालो लागेको छ । यति बेला नेपालगञ्ज देशमै उच्च तापक्रमको विन्दुमा छ । जसका कारण यहाँका अस्पतालहरुमा दैनिक रुपमा विरामीको चाप […]
६ असार, काठमाडौँ । तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनका कारण धेरैले ज्यान गुमाएका छन् । विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । कल्लाकुरिचीका जिल्ला अधिकारी एमएस प्रशान्तले जिल्लाको सरकारी मेडिकल कलेज अस्पतालमा उपचाररत व्यक्तिलाई भेटेका हुन् । मुख्यमन्त्री एमके स्टालिनले पनि घटनाप्रति दुःख व्यक्त […]
५ असार, दैलेख । दैलेखमा उकालो बाटोमा सवारी धुन खोज्दा सोहि जिपमा च्यापिदा चालकको मृत्यु र सहचालक घाईते भएका छन । मंगलबार बेलुका महाबु गाँउपालिका-०६ फुम्ली डाँडास्थित भित्रि सडक खण्डमा महाबु बाहुनथाना आउदै गरेको भे १ च ३६०६ नं को जिप सडकको उकालो भागमा रोकि गाडि धुने क्रममा उक्त सवारी ब्याक भएको जिल्ला ट्राफिक कार्यालय […]
२ असार, काठमाडौँ । कोशी प्रदेशका केही र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्र्तगत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक […]
२९ जेठ, सोलुखुम्बु । नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ परेकी छन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-२ की २१ बर्षीया कल्पना बिश्वाकर्मालाई नवजात शिशु जन्माएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत आइतबार बिश्वाकर्माले साल नाल सहितको बच्चा जन्माई हत्या गरी आफ्नै घर देखी करिव २०० मिटर टाढा रहेको खोल्सीमा लगेर पात पत्ङिगरले छोपेको […]











