Close sidebar
  • ताजा
  • लोकप्रिय
  • खजुरामा जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी

    नेपाल रेडक्रस सोसाइटी बाँके

    २० असार, बाँके । नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा खजुरामा जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ ।

    कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि डम्बर बहादुर वि.क. तुफानले मानवीय सेवाका लागि रेडक्रस संग मिलेर काम गर्न पालिका तयार रहेको बताउँदै रक्तसंचार सेवा र विपद् व्यवस्थापनमा भएको सहकार्यको प्रशंसा गरे ।

    Advertisement

    खजुरा गाउँपालिकाका उपाध्यक्ष एवं विशिष्ठ अतिथि मञ्जु मल्लले विपद्को नजिक आइपुगेकोले राहत प्रतिकार्यका लागि शिक्षकहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरिन ।

    नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले विद्यालय स्तरबाट रेडक्रसलाई भैरहेको सहयोग प्रति आभार व्यक्त गर्दै सबै पालिका संग विपद्, जुनियर तथा युवा र स्वास्थ्यका गतिविधि संचालन भइरहेको जानकारी गराए ।

    Advertisement

    नेरेसो सितापुर उपशाखाको समन्वय र युवा रेडक्रस सर्कल योगिनी माध्यमिक विद्यालयको आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३१ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षकनायकहरुको सहभागिता रहेको थियो ।

    बन्दसत्रमा सबै आधारभूत र मा.वि.मा सर्कल गठन र पुर्नगठन गर्ने, सर्कलहरुमा रेडक्रस अभियान प्रचार प्रसार अभिमुखीकरण संचालन गर्ने, शिक्षकनायकलाई प्राथमिक उपचार तालिम र विद्यालयलाई प्राथमिक उपचार किट उपलब्ध गराउन स्थानीय तहसंग नेरेसो उपशाखाले समन्वय गर्ने, विद्यालयको बार्षिक क्यालेण्डरमा जुनियर तथा युवा गतिविधि समावेश गर्ने र समायनुकल विषयमा शिक्षकहरुलाई अभिमुखीकरण गर्ने लगायत विषयमा गोष्ठीले सिफारिस गरेको छ ।

    Advertisement

    जुनियर तथा युवा विकास समितिका संयोजक यमनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गा.पा.वडा नं.२ का वडा अध्यक्ष धनाराम वली, समाजसेवी कृष्णमान श्रेष्ठ, नेरेसो बाँके शाखा मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष यम महतरा, सदस्य हिम ब. पुन, नेरेसो बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटा, जनसेवा मा.वि.का प्र.अ. टंकनाथ दाहाल, योगिनी मा.वि.का प्र.अ. रामचरण चौधरी, नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायतले विचार राखेका थिए ।

    गोष्ठीको सहजीकरण नेरेसो बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गरेका थिए भने कार्यक्रम संचालन नेरेसो सितापुर उपशाखाका सचिव प्रेम खनालले गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »