Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कोशी र बागमती प्रदेशमा वर्षा, मनसुन पश्चिम तर्फ सर्न सकस

    फाइल तस्बिर

    २ असार, काठमाडौँ । कोशी प्रदेशका केही र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग अन्र्तगत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

    Advertisement

    कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

    देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ ।

    Advertisement

    आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, आज राति कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    Advertisement

    पूर्वबाट भित्रिएको मनसुन पश्चिम तर्फ सर्न नसक्दा मध्य र पश्चिम तराईमा केही दिन यता चर्को गर्मी छ । जसका कारण जनजीवन प्रभावित बनेको छ । तराईका अधिकासं धारा समेत सुकिसकेको छ । पानीका लागि यतिबेला हाहाकार छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »