Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

    प्रतिकात्मक तस्बिर

    २० असार, काठमाडौँ । मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन ।

    भीमफेदी गाउँपालिका-६ उर्लाघारीकी ६५ वर्षीया मङ्गलीमाया स्याङ्तान सहित सात जना बिरामी परेको प्रहरीले जनाएको हो ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय मकवानपुर अनुसार ३२ वर्षीय बुद्धिबहादुर, उनकी श्रीमती ३० वर्षीया पासाङमाया, छोरा लासाङ स्याङ्तान, १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र ७ वर्षीया आरती बिरामी परेका छन् ।

    प्रहरी अनुसार मंलीमाया र लक्ष्मीमायाको उपचार हटौँडा अस्पतालमा र अन्य पाँच जनालाई थप उपचारको लागि भरतपुर स्थित सरकारी अस्पताल लगिएको छ ।

    Advertisement

    उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »