बालमैत्री स्थानीय शासन अवलम्बन गरेको उपमहानगरपालिकाले नेपालगञ्जका विभिन्न क्षेत्रमा श्रम कार्यमा बालबालिकाहरुको प्रयोग गरिएको गुनासो आइरहेकाले अनुगमन गरिएको नेपालगञ्ज उपमहानगरपालिकाकी बाल कल्याण अधिकारी पवित्रा कुमारी पुरीले जानकारी गराइन ।
कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।
कार्यालयका प्रमुख एवं कर्मचारीहरू र महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतको मिलेमतोमा भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट १५ हजार देखि २५ हजार सम्म रकम लिएर लाइसेन्स दिएको उजुरी आयोगमा परेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी गराए ।
तिवारी रेष्टुरेन्टमा घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले २० हजार घुस सहित पक्राउ गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी गराए ।
समितिको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।
६ जेठ, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताएका छन । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई मंगलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको सवलिकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धि मापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन । उनले […]
हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्र जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले यस्तो बताएका हुन ।
बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक जना मजदूरको साइकल खोसेर नगर प्रहरीले अमर्यादित व्यवहार गरेको सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।
२७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र बितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको खुलेको छ । यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर सहित ४ जनालाई नियन्त्रण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उक्त विषयमा आएको उजुरीका आधारमा अख्तियार […]
वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ ।









