फरार कैदीलाई आश्रय वा सहयोग गर्ने व्यक्तिलाई समेत कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ । खोजतलासलाई प्रभावकारी बनाउन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य माध्यम मार्फत सूचना संकलन गर्ने व्यवस्था मिलाइनेछ ।
जनपद प्रहरी जवानतर्फ एक हजार पाँचसय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताबाट समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने छ ।
२२ भदौ, दाङ । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस-२०८२ को अवसरमा प्रभातफेरीको आयोजना गरिएको छ । सभामुख तुलाराम घर्तिमगर र प्रमुख सचिव बावुराम अधिकारी सहित कर्मचारीहरु तथा समुदायको झाँकि सहित प्रभातफेरीमा सहभागिता जनाएका छन। लुम्बिनिमा भदौ २०, २१ र२२गते विविध कार्यक्रम गरेरदिवस मनाइएको छ।
प्रेमचन्द्र झा नेपालको राजनीतिक, प्रशासनिक तथा संवैधानिक विकासक्रममा हाल स्थानीय सरकारको उपस्थिति निर्णायक बन्दै गएको छ। २०७२ सालको संविधानले संघीयता स्वीकार गरेपछि तीन तहको शासन प्रणाली: संघीय, प्रदेश र स्थानीय तहलाई संवैधानिक मान्यता दिएको छ। संविधानले स्थानीय तहलाई “सरकार” को रुपमा परिभाषा गरेको छ, जुन विगतको “स्थानीय निकाय” सँगको संरचनागत भिन्नता मात्र होइन, जिम्मेवारी र […]
बैठकले ढुंगा, गिट्टी, बालुवाबाट प्राप्त राजस्व बाँडफाँटमा प्रदेशको हिस्सा सुनिश्चित गर्न संघीय ऐनमै स्पष्ट प्रावधान ल्याउनुपर्ने, प्रदेश राजमार्ग तथा सडकको अधिकार क्षेत्रमा रहेका विद्युत पोल हटाउने विषयमा विद्युत प्राधिकरणले नै खर्च व्यहोर्नुपर्ने, समान प्रकृतिका कामका लागि समानान्तर कार्यालयहरूलाई खारेज गरी खर्च कटौती गर्नुपर्ने, कृषि संरचना तथा उपकरणमा न्यूनतम प्राविधिक मापदण्ड तयार गर्नुपर्ने लगायतका विषयमा नीतिगत व्यवस्था गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
घुस सहित पक्राउ परेका यादव विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी गराए ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
रावलको स्मृतिमा स्थापित यो पुरस्कार २०७४ मा अभियन्ता कृष्ण लामा र होमजंग शाहीलाई, २०७५ मा नील सागर आश्रमलाई, २०७६ मा समाज विकास तथा प्रवद्र्धन केन्द्रलाई, २०७७ मा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्र जोशी र जिल्ला प्रहरी कार्यालय बाँकेका नायब प्रहरी उपरीक्षक सुवास खड्कालाई प्रदान गरिएको थियो। त्यस्तै, २०७८ मा अञ्जनी माता रसोई, २०७९ मा नेपालगन्ज वडा नं. १२ को प्रयास फाउन्डेसन बाँके, २०८० मा डा. संकेत रिसाल र २०८१ मा प्रवीण बिसीलाई यो पुरस्कार प्रदान गरिएको थियो।
निरीक्षणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका छन् ।
अघिल्लो आर्थिक वर्षमा विभागको वित्तिय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा विभागले कुल ९० दशमलब १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको जनाइएको छ ।











