३ बैशाख, काठमाडौँ । कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कारबाहीमा परेका छन् ।
बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक जना मजदूरको साइकल खोसेर नगर प्रहरीले अमर्यादित व्यवहार गरेको सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । जस पश्चात नगरप्रहरी बलको ध्यानाकर्षण भएको हो ।
Advertisement
अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको र ती मदजूरको साइकल फिर्ता गरिएको काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
टिप्पणीहरू