१४ चैत्र, काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना गरेको छ ।
वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ ।
Advertisement
प्रदर्शनका नाराहरु बुधबारको मोर्चाको बैठकले तय गरिसकेको छ । बृहत् प्रदर्शनमा १ लाख जना समर्थकको सहभागिता रहने बताइएको छ ।
टिप्पणीहरू