नेपालगञ्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको कटाई—छटाईको काम अहिले धुमधामका साथ भइरहेको छ ।
अहिले काठमाडौँ उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २११ रहेको छ । यसलाई निकै अस्वस्थकर अवस्था मानिन्छ ।
१७ चैत्र, बाँके । शुक्रबार काठमाडौँको तिनकुनेमा राजावादीको आन्दोलनका क्रममा पत्रकारको हत्या, कुटपिट, दुर्व्यवहार तथा सञ्चार गृहमा गरिएको आगजनी, तोडफोड र ढुंगामुढा विरुद्ध आन्दोलित पत्रकारहरु आज हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आब्हानमा देशभरका पत्रकार आन्दोलित भइरहेका बेला बाँकेमा क्रियाशिल पत्रकारहरुले पनि बिरोध स्वरुप हातमा कालोपट्टी बाँधेका हुन् । […]
नगरले चासो नदेखाउदा केही समय अगाडि सुन्दरताको बखान पाएको कान्तिताल विस्तारै कुरुप देखिन थालेको छ । ताल परिसरमा लगाइएका लाईट समेत रातीको समयमा बल्न छाडिसकेका छन् ।
१३ चैत्र, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई ‘मिनी नेपाल’ को संज्ञा दिँदै यस क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिएको बताएका छन । कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक अन्तरक्रिया कार्यक्रमको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई पर्यटकीय र कृषि दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्रका […]
नौ वर्ष अगाडि सडकको बीचमा लगाइएको फुल बसन्तऋतुमा विभिन्न रंगका बुटा भरी ढकमक भएपछि उक्त क्षेत्रमा अत्याधिक भिडभाड हुन थालेको छ । बढ्दो भिडभाडका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।
सामाजिक र आर्थिक प्राथमिकता अनुसारको योजनालाई पनि प्राथमिकता दिइएको छ । आवादीका आधारमा पहाड र तराईका क्षेत्रका सडकको दूरी निर्धारण, बस्ती, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थललाई जोड्ने सडक, कृषि, पर्यटन, बजार, उद्योगका लागि सडक प्राथमिकता, उच्च प्राथमिकता प्राप्त सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
‘घुमौ राप्तीसोनारी, झुमौ राप्तीसोनारी’ नारा सहित राप्तीसोनारी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम राप्ती सोनारी कृषि, व्यापार एवं प्रवद्र्धन महोत्सवमा सहयोग पुर्याउने सहयोगीहातहरुलाई सम्मान, एकल तथा सामुहिक नृत्यका विजेतालाई पुरस्कार वितरण गरेर कार्यक्रमलाई विसर्जन गरिएको हो ।
लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उनले बताए । सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए ।
विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ ।











