Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा जोखिमपूर्ण बन्दै मनै बहलाउने मनमोहक फुल

    १० चैत्र, बाँके । नेपालगञ्ज–कोहलपुर जोड्ने सडक खण्ड अन्तर्गत विपी चोक देखि धम्बोझी सडकमा ढकमक फुलेको फुलले शहरको सौन्दर्यकरण बढाएको छ । मनै बहलाउने मनमोहक फुलले नेपालगञ्जवासीहरुलाई आफु तिर आर्कशित गर्दा सडकमा दुर्घटनाको जोखिम समेत निम्त्याएको छ ।

    नौ वर्ष अगाडि सडकको बीचमा लगाइएको फुल बसन्तऋतुमा विभिन्न रंगका बुटा भरी ढकमक भएपछि उक्त क्षेत्रमा अत्याधिक भिडभाड हुन थालेको छ । बढ्दो भिडभाडका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।

    Advertisement

    ग्रिन नेपालगञ्ज क्लिन नेपालगञ्जका अभियान्ता डा. विनोद कर्णले नेपालगञ्जलाई सौन्दर्यकरण गर्न र गर्मीयाममा सितलताको लागि सडकको स्ट्रिटमा वृक्षारोपण गरेका थिए । तर नौं वर्ष अगाडि लगाएको फुलले आज सबैलाई मनमोह बनाउँछ कल्पना नै नगरेको बताउँछन् ।

    नेपालगञ्ज शहरमा काम गर्न आउने मानिसहरुलाई गर्मीयाममा छाया गराउन र बढ्दो गर्मीमा वृक्षारोपण गरेर केही हद सम्म कम गर्न विभिन्न स्थानहरुमा बोटविरुवा लगाइएको थियो । जस मध्ये होटल डाइमण्ड प्यालेस अगाडि लगाइएको बगनबेली सहित अन्य फुलले नेपालगञ्जवासीको मनै मोहित गराएको हो ।

    Advertisement

    उजाड, गर्मी, फोहरले अक्रान्त नेपालगञ्जलाई त्यसबाट निकाल्ने प्रयास स्वरुप नेपालगञ्जमा लगाइको फुल यो अवस्थामा आइपुग्दा खुसी र व्यस्त सडकमा हुने गरेको भिडभाडले गर्दा चिन्तित समेत रहेका डा. कर्णले बताउँछन् ।

    Advertisement

    गर्मी र फोहरले अक्रान्त नेपालगञ्ज हराभरा फुलैफुलले भरिएको ठाँउमा मानिस हर्सित भएका र यसमा रमाउन खोजिरहेको उनले बताए । उनले भने, ‘हाम्रो प्रयास दुवै तर्फबाट रमाउने मान्छेले पनि आफ्‌नो जिउज्यानलाई ध्यानमा राखेर रमाउनुपर्छ र नगर प्रहरी र ट्राफिक प्रहरीले पनि यो २ देखि ३ सय मिटरको एरियामा साइडबाट सवारीसाधन चलाउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता छ ।’

    Advertisement

    फुलफुलेबाट यो क्षेत्रको सडकको बीचमा भिडभाड गराएर फोटो खिच्ने र भिडियो बनाउने कार्य भईरहदा ट्राफिक व्यवस्थापनमा समस्या निम्ताएको महसुस भएको ट्राफिक प्रहरीले बताउँछन् । यो नयाँ चुनौतीको रुपमा लिएको ट्राफिक प्रहरी सई कमल खड्काले नाईल खबरलाई बताए ।

    उनले भने, ‘यो किसिमको भिडभाडले गर्दा सवारी दुर्घटना नहोला भन्न सकिदैन । यसमा सम्पूर्ण आममानिस सचेत हुन जरुरी छ ।’

    ट्राफिकको जनशक्ति बढाएर यो क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न प्रयास गरिरहेको ट्राफिक प्रहरीले बताउँछन् । यसमा साझा प्रयास र जगरुकताको आवश्यकता रहेको सई खड्काले बताए ।

    उनले राती सडकमा सवारीको चाप कम भएको खण्डमा प्राकृतिक सौर्न्दयमा रमाउन अनुरोध समेत गरे ।

    एकतर्फी सडक सञ्चालन गर्न समेत अहिलोको समयमा सम्भव नभएको ट्राफिक प्रहरीले बताए । उनले भने, ‘एकतर्फी सडक सञ्चालन गर्न अहिलोको समयमा सम्भव छैन् र गति समितको सर्न्दभमा शहर क्षेत्रमा गति सिमित नै हुन्छ । ३० किलोमिटर प्रति घण्डाको गति भन्दा बढी चलाउन पाउदैन ।’

    तर कतिपै बेला सवारी साधनमा यान्त्रिक समस्याका कारण पनि सवारी दुर्घटना हुन सक्ने सम्भावना भएकोले आफै सुरक्षित हुन जरुरी रहेको ट्राफिक प्रहरी खड्काले बताए ।

    शनिवार साझको समयमा अत्याधिक भिडभाडका कारण नेपाल प्रहरीले सडक समेत खाली गराएको थियो ।

    यो अवस्थाले जनप्रतिनिधिलाई समेत नेपालगञ्जमा सौन्दर्यकरण, पर्यटक र वृक्षारोपणको संदेश दिएको छ । यसले पक्कै पनि नेपालगञ्जलाई सुन्दर बनाउने मात्र नभई पर्यटक संग जोड्छ । नेपालगञ्ज भारत सीमानाका संग नजिक भएकोले आन्तिरिक मात्र नभई अन्तराष्ट्रिय पर्यटक संग जोड्ने स्थानीयले बताउँछन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »