Close sidebar
  • ताजा
  • लोकप्रिय
  • महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु’ भजन सार्बजानिक (भिडियो सहित)

    १४ फाल्गुन, काठमाडौँ । महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ ।

    मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी अनादी कालदेखि मूख्य रुपमा मनाइदै आइएको छ । बिशेष गरी महाशिवरात्रीलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइदै आएकोले यस दिन शिवपूजा, आराधना गनर्,े उपवास बस्ने, जलधारा दिने र रात्रीमा दियो बाली धुनि तापि जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ति छ ।

    Advertisement

    आदी अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मुर्तीका एक मुर्ते भएका, कहिले व्रम्हा, विष्णु, महेश्वर भैरहने, समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष घाटीमा राखी निलकण्ठ भैरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका प्रभुको यसै शिवरात्रीका दिन गाईको दूधको जलधारा दिनाले, पुजाआजा गर्नाले, उपबास बस्नाले, यस लोकमा सुख, शान्ति पाई परलोकमा कैलाशपद मिल्ने हुनाले अन्य दिन भन्दा महाशिवरात्री विशेष मानिन्छ ।

    देवादिदेव भगवान महादेवका यिनै महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्बजनिक भएको छ । उक्त भजनमा आफ्‌नो मधुर संगीत र ओजपूर्णस्वर दिएकी छिन् बबिना भट्टराईले । भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्री पर्वको विशेष अवसरमा बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत सार्जजानिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ रुविन कुमार श्रेष्ठको । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर शिव भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

    Advertisement

    ‘जय जय शम्भु’  सुन्नुहोस् !

    शिव भजन जय जय शम्भु को भिडियोमा गायिका तथा संगीतकार बबिना आफै फिचर्ड छिन् । काठमाडौको पूर्वोत्तरमा रहेको प्रशिद्ध तीर्थस्थल गोकर्णेश्वर जहाँ विशेष शिवलिङ्ग स्थापित गरिएको छ सोहि स्थान गोकर्णेश्वर नगरपालिका, उत्तर बाहिनीको धार्मिक स्थलमा एजे अजुको निर्देशनमा निर्माण गरिएको भिडियोमा बबिना एउटी शिव भक्तिनीको रुपमा शिव भजनमा मन्त्रमुग्ध भएर भजन भित्रै आँफूलाई हराएकी छिन् । भजनमा उनी यति डुवेकी छिन् मानौ भजन गाइरहदा साक्षात देवाधिदेव महादेव उत्तर बाहिनीमा प्रकट हुनु भएको छ । भिडियोमा उनको भेषभूषाले सबै नारीहरुले अनुसरण गर्नु पर्ने एउटी साध्वी नारीको रुपमा उनी प्रस्तुत भएकी छिन् ।

    Advertisement

    महाशिवरात्रीको सन्दर्भ विशेषमा आफ्‌नै आध्यात्मिक च्यानल श्री भजन्स् मार्फत सार्वजनिक शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका तथा संगीतकार बबिना भट्टराईले आगामी दिनहरुमा यसै च्यानल मार्फत आफ्‌ना विविधतायुक्त भजनहरु भजनप्रेमी दर्शक, श्रोताहरु माझ ल्याउने विश्वास व्यक्त गर्दै आफ्‌नो नयाँ आध्यात्मिक च्यानल श्री भजन्स् लाई सब्स्‌क्राइव, लाइक, कमेन्ट, शेयर गरि सहयोग गरिदिन पनि आग्रह गरेकी छिन् ।
    भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा बीणा भक्ति युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्‌नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »