२० फाल्गुन, बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका स्थित चिलरियामा गत फल्गुन २ गते देखि ११ गते सम्म आयोजना भएको महोत्सव सोमबार गाँउपालिकामा एक औपचारिक कार्यक्रम बीच समापन गरिएको छ ।
‘घुमौ राप्तीसोनारी, झुमौ राप्तीसोनारी’ नारा सहित राप्तीसोनारी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम राप्ती सोनारी कृषि, व्यापार एवं प्रवद्र्धन महोत्सवमा सहयोग पुर्याउने सहयोगीहातहरुलाई सम्मान, एकल तथा सामुहिक नृत्यका विजेतालाई पुरस्कार वितरण गरेर कार्यक्रमलाई विसर्जन गरिएको हो ।
Advertisement
कार्यक्रमका प्रमुख अतिथि एवं गाँउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, विशिष्ट अतिथि उपाध्यक्ष मनीषा सिंह थारु, शिक्षा शाखा प्रमुख, राप्ती सोनारी उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार, विद्यालयका प्रतिनिधि लगायतको उपस्थितिमा समापन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष तप्त बहादुर पौडेलले गाँउपालिकाको समग्र सार्वजनिक सम्पत्ति माथि यहाँका जनताको साझा अधिकार रहेको बताएका छन । उनले चिलरिया स्थित रंगशालाको सन्दर्भलाई जोड्दै रंगशालालाई निर्माण गरेर खेलकुद क्षेत्रलाई विकास गर्न गाँउपालिका लागि परेको बताएका छन ।
Advertisement
महोत्सवले स्थानीय तथा क्षेत्रीय कलाकारहरुलाई अवसर प्रदान गरेको अध्यक्ष पौडेलले बताए । उनले राप्ती सोनारीमा शैक्षिक र कृषि मेला समेत आयोजना हुने गरी अगाडि बढ्नुपर्ने जोड दिए ।
सबै क्षेत्रबाट अब्बल रहेको राप्ती सोनारीको विकासका लागि यहाँका मठ मन्दिर, खोला नाला, पहाड, ताल र पर्यटकीय स्थललाई चिनाउन जरुरी रहेको अध्यक्ष पौडेलको भनाई छ ।
Advertisement
यस्तै, राप्तीसोनारी उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले समग्र पालिकालाई चिनाउन सफल भएको गाँउपालिका उपाध्यक्ष मनीषा सिंह थारुले जानकारी दिइन ।
Advertisement
उनले दुई वर्ष अगाडिबाट यस क्षेत्रमा महोत्सव आयोजना गर्न खोजिएपनि विविध कारणले पूरा हुन नसकेको काम राप्ती सोनारी उद्योग वाणिज्य संघले गरेर देखाएको बताइन ।
महोत्सव आयोजना गर्दा धेरै कुरा सिक्ने अवसर पाएको र छोटो समयमा महोत्सव संचालन गर्न पनि निकै चुनौती भएको राप्ती सोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराम ढुंगानाले बताए ।
धेरै कठिनाई र समस्याका बाबजुद पनि महोत्सव संचालन गरेर पनि सम्मान सहित पुरस्कार वितरण गरेको अध्यक्ष ढुंगानाले बताए ।
अध्यक्ष ढुंगानालेसबैलाई समेट्ने र खुसी बनाउने गरी दोस्रो महोत्सव आयोजना गर्ने र यो महोत्सवमा दुःख पाईयो भन्दैमा पछाडि नहट्ने बताउदै राप्तीसोनारीलाई चिनाउन अग्रपंक्तिमा राखेर गाँउपालिकाको नाम उच्च राख्न कदापि पछि नहट्ने वाचा गरेका छन ।
टिप्पणीहरू