२१ भदौ, काठमाडौँ । सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका–३ घर भएका दिनेश कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई महिलाहरूलाई लक्षित गरी साथी बनाई कुराकानी गर्ने, अश्लील भिडियो पठाउनुका साथै अपशब्द प्रयोग गरी गाली गलौज तथा चरित्र हत्या समेत गर्ने कार्य गरेको भन्ने पीडितहरूको उजुरीको […]
घुस सहित पक्राउ परेका यादव विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी गराए ।
लागूऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली प्रहार
उनको घर तलासी गर्दा उक्त पदार्थ, नेपाली रूपैयाँ र भारतीय रूपैयाँ समेत गरी जम्मा नगद २२ लाख ३ हजार ९ सय १५ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, खुकुरी ५ थान, मोटरसाइकल २ थान, मोबाइल १० थान लगायतका सामानहरू फेला पारी उनलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी गराए ।
‘सर मैले श्रीमती मारिसकेँ, पक्राउ गर्न आउनुहोस् भन्दै प्रहरीलाई फोन गरेका थिए । लगत्तै पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजङ्ग बुढथापालेले भने, ‘घटनाको कारण खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’
उनीहरुले भारतबाट सुनका गहना र नगद चोरी गरेर कोहलपुरमा बसेको भन्ने बिशेष सूचनाका आधारमा कोहलपुरबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा गएको सात जनाको प्रहरी टोलीले उनीहरुको साथबाट १५ तोला २५ (लाल पथ्यर सहित) तील भएका सुनका गर–गहनाहरु, नगद नेपाली रु सात लाख ८७ हजार बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले जानकारी गराइन ।
राजेन्द्र महतो २९ असार, सिरहा । सिरहामा दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजा सहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा औरही गाउँपालिका–५ स्थित मलाह टोल का २३ वर्षीय राम उदगार मलाह रहेका छन् । शुक्रबार राति गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले […]
मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानरत मुद्दामा फरार प्रतिवादी ज्योती गुरूङ मार्फत सहकारीको करोडौँ रकम ठगीमा संलग्न रही ज्योती बहादुर फरार रहेका थिए ।
एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सदर चिडियाखानामा रहेको उक्त रेड पाण्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।











