Close sidebar
  • ताजा
  • लोकप्रिय
  • डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पूर्ण शङ्कर यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    २ भदौ, कैलाली । कैलालीको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पूर्ण शङ्कर यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    घुस सहित पक्राउ परेका यादव विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी गराए ।

    Advertisement

    कैलाली जिल्ला चुरे गाउँपालिका वडा नम्बर ६ मा रहेको ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको छोडपुर्जीका लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार रुपैयाँ घुस लिएको पुष्टि भएसँगै मुद्दा दायर गरेको प्रवक्ता पौडेलले बताए ।

    रकम लिइसकेको अवस्थामा यादवलाई अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »