Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ

    ४ असार, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक पक्राउ परेकी छन् ।

    विमानस्थलबाट भारतीय नागरिक ५३ वर्षीया MEENA SURJEET SINGH KHEMANI मंगलबार राति पक्राउ परेकाे प्रहरीले जनाएकाे हाे ।

    Advertisement

    एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »