Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संविधान दिवसको अवसरमा नेपालगञ्जको फुल्टेक्रा चोकमा दीप प्रज्वलन

    ३ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ स्थित फुल्टेक्रा चोकमा दीप प्रज्वलन गरिएको छ ।
    आज असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा फुल्टेक्रा चोकमा दीप प्रज्ज्वलन गरिएको हो ।

    जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब, श्री नव दुर्गा पूजा समिति फुल्टेक्रा चोक लगायत स्थानीयको सहकार्यमा मन्दिर दीप प्रज्वलन गरिएको हो ।

    Advertisement

    उक्त कार्यक्रममा नेपालगञ्ज उप महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समीर प्रताप सिंह, जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लबका अध्यक्ष प्रवेश सिंह सचिव अर्जुन ठाकुर, उक्त क्लबका खेलाडीहरु लगायत स्थानीय निकेश सिंह, राजीव शाह, राम बाबु बैश्य, शिव राजपूत, शिवम गुप्ता र समाजसेवीहरुले मैनबत्ती प्रज्वलन गरेर संविधान दिवसको शुभकामना व्यक्त गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »