७ असोज, बाँके । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको परिसरमा खुलेआम जुवा खेलाईदैछ ।
आइतबारबाट सञ्चालनमा आएको मेलालाई सांस्कृतिक कार्यक्रमको प्रदर्शनी हुने बताइए पनि जुवाको अखाडा बनाइएको छ ।
Advertisement
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिरको पार्किङ स्थल परिसरमा घरवारीटोल युवा समितिले विजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहितको मिनि महोत्सव आयोजना गरेको छ । तर उक्त मेलामा न त कुनै प्रकारको सांस्कृतिक कार्यक्रम छ न त्यस सम्बन्धि कुनै स्टल नै छ ।
फितलो तयारीका साथ आयोजकले संचालनमा ल्याएको मेलाको पहिलो दिन मिडियाकर्मी संग सोमबार देखि सबै स्टल भरिभराउ हुने बताएपनि यो समाचार प्रकाशन गर्दा सम्म त्यहाँ कुनै पनि सांस्कृतिक कार्यक्रम र त्यस सम्बन्धि स्टल देखिएको छैन । पहिलो दिनदेखि नै शुरु भएको जुवाको स्टलमा मात्रै वृद्धि भएको देखिएको छ ।
Advertisement
चाड पर्वको समयमा जिल्ला प्रहरी कार्यालय बाँकेले जुवाका खेल रोक्न विभिन्न उपाय तथा योजना सञ्चालन गर्दै आएपनि खुलेआम बजार क्षेत्रमा जुवाका खेल संचालन भइरह्दा प्रहरीले मौन छ ।
बागेश्वरीको पार्किङमा सञ्चालन हुन लागेको मेला प्रति जनता असन्तुष्ट
Advertisement
प्रहरीलाई जानकारी नभएको होईन ! आइतबार प्रहरीको टोलि कै अगाडि सट्टेबाजी अर्थात पैसाको हारजित हुने गरि खेल खेलाइएको थियो । प्रहरी कै संरक्षणमा जुवा खेलाएको नाईल खबरले समाचार प्रकाशन समेत गरेको थियो । जसको प्रभावले आज वरिपरि प्रहरी नदेखिएका भएपनि जुवा भने जारी नै छ ।
Advertisement
पार्किङ स्थललाई मेलाको अनुमति दिएपछि बागेश्वरीमा आउने श्रद्धालुहरुलाई सास्ती भएको छ । सवारी साधन सडक क्षेत्रमै पार्किङ गर्न बाध्य भएका छन ।
पार्किङको समस्या झेल्दै आएको नेपालगञ्जलाई झन चुनौती थपिएको छ । पार्किङको अभावमा रहेको नेपालगञ्ज बजार सिमित लाभका लागि मेलाको आडमा धार्मिक स्थललाई जुवाको अखाडा बनाईएको छ ।
धार्मिक स्थलमा जुवा सञ्चालन विरुद्ध सम्बन्धित निकायमा हिन्दूवादीहरुले ज्ञापनपत्र समेत बुझाउने तयारी रहेको श्रोतले जनाएको छ ।
टिप्पणीहरू