३० भदौ, बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिकामा दुई जना युवा माथि भएको खुकुरी प्रहार घटनामा पुर्पक्षका लागि जिल्ला अदालत बाँकेले पाँच जनालाई थुनामा पठाउन आदेश दिएको छ । राप्ती सोनारी-२ का जनप्रतिनिधि सहित पाँच जना आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । गत भदौ १ गते शनिबार बेलुकी करिब साढे ७ बजेको समयमा […]
३० भदौ, चितवन । चितवनमा मालवाहक ट्रक दुर्घटनामा परेको छ । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक त्रिशुलीमा खसेको छ । खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो । ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । भरतपुर महानगरपालिका-२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको […]
२७ भदौ, काठमाडौँ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । तीन दिन हुने सेमिनारमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक […]
१३ भदौ, गोरखा । गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न उच्च स्तरीय कार्यदल गठन गरिएको छ । गोरखाको गण्डकी गाँउपालिकाको तरकारी बालीबाट उत्पन्न स्वास्थ्य समस्याबारे अध्ययन गर्न कृषि मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । केही दिनयता तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको विभिन्न सञ्चार […]
९ भदौ, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी आइतबार दिउँसो सम्म २ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २८ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५६ […]
७ भदौ, बाँके । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटना प्रति दुःख व्यक्त गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दुःख व्यक्त गर्दै बस दुर्घनामा घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले भनेका छन, ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस […]
७ भदौ, काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी शुक्रबार दिउँसो सम्म १ सय ९५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ […]
३० साउन, काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधसबार दिउँसो सम्म १ सय ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ […]
३० साउन, काठमाडौँ । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको इन्टर्नसीप नेपालमै गराउन पहल थालिएको छ । चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुको इन्टर्नसीप नेपालमै गराउने विषयमा समिति गठन गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको नेतृत्वमा बसेको बैठकले चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको हो । […]
२९ साउन, धुलिखेल । ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित भएका छन । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उनी धुलिखेल अस्पतालमा कार्यरत छन । रोटरी क्लब अफ पनौती नवौं पदस्थापना समारोहका अवसरमा प्राडा कोजू सम्मानित भएका छन । रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष […]










