Close sidebar
  • ताजा
  • लोकप्रिय
  • तनहुँ बस दुर्घटना प्रति पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ दुःख व्यक्त

    फाइल तस्बिर

    ७ भदौ, बाँके । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटना प्रति दुःख व्यक्त गरेका छन ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दुःख व्यक्त गर्दै बस दुर्घनामा घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

    Advertisement

    उनले भनेका छन, ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरूको शीघ्र उद्धार र प्रभावकारी उपचारका लागि सरकार सहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह समेत गरेका छन् ।

    Advertisement

    पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरामा ४० जना यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बर प्लेटको बस मस्याङ्दी नदीमा खसेको छ ।

    उक्त बस दुर्घटनामा १४ जना भारतीयको मृत्यु भएको र १६ यात्रुको उद्धार गरिएको छ । प्रहरी अनुसार बस पोखराबाट काठमाडौँ तर्फ जाँदै थियो । यात्रुको संख्या भने अझै एकिन हुन सकेको छैन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »