Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ३ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशत सम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौैटेपन हटाउन सरकार लागिपरेको बताए । उनले अनलाइन […]

    १ असोज, काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस मूल समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको शिक्षा दिवस ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित मनाउने समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीको प्रमुख उपस्थितिमा सैनिक जनसम्पर्क निर्देशनालय, […]

    २७ भदौ, काठमाडौँ । हिमाल मल्टिमिडिया प्रा. लि. ले ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना गर्ने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्राय सहित आउँदो असोज ५ गते शनिवारका दिन कार्यक्रम हुन लागेको हो । नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा विहान १० […]

    १ भदौ, बाँके । लायन्स क्लब अफ नेपालगञ्ज युथको आयोजनामा बर्दियाको बाँसगढीमा दोस्रो कार्यक्रम सम्पन्न गरिएको छ । बाँसगढी नगरपालिका अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता नेरा माध्यमिक विद्यालय बाँसगढीको अडिटोरियम हलमा सम्पन्न गरिएको सिनियर लायन विवेक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार लायन्स क्लब अफ नेपालगञ्ज युथका प्रेसिडेन्ट ला. शिवाशिष गुप्ताको सभापतित्वमा भएको वक्तृत्वकला […]

    १ भदौ, बाँके । लायन्स क्लब अफ नेपालगञ्ज युथको आयोजनामा विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । साउन ३२ गते शुक्रबार लायन्स क्लब अफ नेपालगञ्ज युथको आयोजनामा बर्दिया बाँसगढी नगरपालिका वडा नं. २ स्थित जनता माध्यमिक विद्यालय बनमुढवाको परिसमा लगभग ६० वटा विभिन्न जातका बिरुवाहरु लगाईएको छ । सो कार्यक्रममा FVDG MJF ज्ञानेन्द्र श्रेष्ठ, बाँसगढी नगरपालिका […]

    ३२ साउन, काठमाडौँ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन मार्फत कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिइयो । चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान […]

    ३० साउन, बाँके । बाँकेको कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको भिम—कमला अक्षयकोष—२०८१ स्थापना भएको छ । स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमला देवी मल्लले १८ लाखको भिम—कमला छात्रवृति अक्षयकोष—२०८१ स्थापना भएको हो । अक्षयकोष स्थापनाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी र विद्यालय व्यवस्थापन […]

    २७ साउन, भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री गगन कुमार थापाले जानकारी दिए । प्रजातन्त्रका सेनानी र शहिदका परिवारले आफ्नो योगदानको प्रतिफल […]

    २६ साउन, भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताएकी छन । विद्यालयको अवलोकन गर्दै उनले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताएकी हुन । सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा गर्दा इतिहास लोप […]

    २० असार, काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप अगाएकी छन । आज साँझ सामाजिक सञ्जाल मार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम उल्लेख गर्दै मन्त्री श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा सरकार नै परिवर्तन गर्न खोजेको आरोप लगाएकी हुन् । उनले लेखेकी छन्, ‘आदरणीय […]

    Translate »