१ भदौ, बाँके । लायन्स क्लब अफ नेपालगञ्ज युथको आयोजनामा विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
साउन ३२ गते शुक्रबार लायन्स क्लब अफ नेपालगञ्ज युथको आयोजनामा बर्दिया बाँसगढी नगरपालिका वडा नं. २ स्थित जनता माध्यमिक विद्यालय बनमुढवाको परिसमा लगभग ६० वटा विभिन्न जातका बिरुवाहरु लगाईएको छ ।
Advertisement
सो कार्यक्रममा FVDG MJF ज्ञानेन्द्र श्रेष्ठ, बाँसगढी नगरपालिका शिक्षा शाखा प्रमुख ला. मन प्रासद रेग्मी र वडाध्यक्ष अर्जुन खड्काको समेत उपस्थिति रहेको थियो ।
क्लबका प्रेसिडेन्ट ला. शिवाशिष गुप्ता, क्लबका सिनियर लिडर ला. विवेक श्रेष्ठ, दीपक चेम्जोङ, सुन्दर गुरुङ्ग, विजय श्रेष्ठ र रन्जित सिंहको सहभागितामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा विद्यालयका प्रधानध्यापक लगायत शिक्षकहरु र प्लस टु का विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।
टिप्पणीहरू