१ असोज, काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस मूल समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको शिक्षा दिवस ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित मनाउने समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बुझिएको छ ।
Advertisement
प्रधानमन्त्री ओलीको प्रमुख उपस्थितिमा सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौँको अडिटोरियम हलमा शिक्षा मन्त्रालयले समारोह आयोजना गर्नेछ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति समेत गठन भएको छ ।
Advertisement
वि.सं. २०३१ देखि फागुन १२ मा र ०६२/६३ को राजनीतिक परिवर्तनपछि सेप्टेम्बर ८ मा मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस गत वर्षदेखि असोज २ मा मनाउन थालिएको हो ।
टिप्पणीहरू