११ कार्तिक, बाँके । नेपालगञ्ज उपमहानगपलिका वडा नम्बर १६ स्थित जयसपुर बिओपिका सशस्त्र प्रहरीले एक क्विन्टल भारतीय बोइलर कुखुरा मासु बरामद गरी नष्ट गरेको छ । भारतको रुपैडिहा स्थित पोल्ट्री फर्ममा उत्पादन गरिएको कुखुराको मासु चोरीपैठारी गरी नेपालमा ल्याउदै गरेको अबस्थामा सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्री नेतृत्वको मोवाइल गस्ती टोलीले शनिवार बिहान ८ बजेर […]
८ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाँउपालिका वडा नं. ४ स्थित सापुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ४ हजार बढीले प्रसाद ग्रहण गरेका छन । किभा फाउन्डेसनले संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गरेको छ । नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम गरेको हो […]
२७ असोज, बाँके । चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् चाडपर्व नजिकिएसँगै कुम्हाल समुदायहरू माटोको भाँडा बनाउन व्यस्त भएका छन् । यतिबेला यस समुदायका मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का हजारी कुम्हारले आफु पुख्र्यौली […]
एजेन्सी २६ असोज, काठमाडौँ । इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ । इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी सहर अलेप्पोका विमानस्थलमा पटक-पटक उडान बन्द हुँदै आएको छ । आक्रमणबाट दुई विमानस्थलको अवतरणका लागि छुट्याइएको धावनमार्गमा क्षति पुगेको सिरियाली सञ्चारमाध्यमलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । सिरियामा […]
२५ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको खोरिया मुहान क्षेत्रमा मृत अवस्थामा भेटिएको हो । अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको छ । उनले गैँडा जुधेर […]
संजय कुशवाहा २४ असोज, नवलपरासी । व्यापारीहरुले चाडपर्वलाई लक्षित गरी भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएको पिकअप गाडी सहित ठूलो मात्रामा प्रतिबन्धित पटाका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १२ कुनवारेदेखि भुमही हरकट्टा जाने बाटोमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प परासीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको […]
२१ असोज, बाँके । बाँकेका आठ वटै स्थानीय तहले विद्युत महशुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले कारवाही गर्ने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरूले सडकबत्तीका लागि विद्युत शक्ति उपभोग गरेबापत गत असार मसान्त सम्मको रकम नतिरेपछि अबको ४५ दिन भित्र विद्युत महशुल नतिरे कारवाही गर्ने चेतावनी दिएको हो । प्राधिकरणका अनुसार ४५ दिनभित्र […]
२० असोज, बाँके । बाँकेको खजुरा स्थित श्री पशुपति माध्यमिक विद्यालयमा खाने पानीको अभाव हुदाँ विद्यार्थीहरुलाई सास्ती खेप्नु परेको छ । खजुरा गाँउपालिका वडा नं. ८ घियामा रहेको उक्त विद्यालयमा शुद्ध खानेपानीको अभाव, वाल बाउन्ड्र र भवनको समस्या रहेको बताइएको छ । यस वडाको यो पहिलो र एउटा मात्रै विद्यालय हो । खानेपानीको अभावका कारण […]
२० असोज, काठमाडौँ । नेपालले शुक्रबार पूर्वी युरोपेली देश रोमेनिआ सँग श्रम सम्झौता गरेको छ । नेपालले युरोपकै अर्को देश जर्मनी सँग पनि असोज २३ गते मंगलबार श्रम सम्झौता गर्ने कार्यतालिका रहेको छ । नेपाली श्रमिकहरू हजारौँका संख्यामा युरोपमा काम गरिरहेको भए पनि यसअघि नेपालको कुनै पनि युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन । यी […]
१७ असोज, बझाङ । मंगलबार गएको भूकम्पबाट बझाङमा एक जनाको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका-११ ओखलकी ४० वर्षीया गुनमति धामीको ज्यान गुमाएको प्रहरीले जनाएको छ । भूकम्प पछिको पहिरोमा परेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए । उनका अनुसार प्रहरी टोली घटनास्थलमा गएको छ […]











