२३ कार्तिक, काठमाडौँ । जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौती सहित एक विशाल राहत प्याकेजको घोषणा गरेको छ । बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन खोजेको हो । आर्थिक विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने अनु्मान गरेका छन् । चान्सलर ओलाफ स्कोल्जले राहत […]
१८ कार्तिक, बाँके । सशस्त्र प्रहरी जयसपुर बीओपीले भारतबाट नेपाल भित्रिदै गरेको लाखौं मुल्य बराबरका लत्ताकपडा र पटाका बरामद गरेको छ । नेपालगंज उप-महानगरपालिका-१६ स्थित इच्छाराम बाबाबाट शुकवार सशस्त्र प्रहरीले करिब ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा पटाका बरामद गरेको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँके बोर्डर आउट […]
१८ कार्तिक, रामेछाप । पूर्व अरनिको यातायतले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोटका लागि २ बस पश्चिम रुकुमका लागि २ बस नि:शुल्क उपलब्ध गराएको पूर्व अरनिको यातायात सेवा समितिका अध्यक्ष केदार क्षेत्रीले स्वास्थ्य मन्त्री बस्नेतको […]
१८ कार्तिक, काठमाडौँ । गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने १ सय २८ जना घाइते छन । पछिल्लो जानकारी अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । भूकम्पबाट जाजरकोटमा हालसम्म ५५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डीआईजी कुवेर कडायतले […]
१८ कार्तिक, बाँके । गएराति जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भुकम्प प्रभावित क्षेत्रमा खोज, राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोली सहित गएका छन । नेपाली सेनको १६ जना मेडिकल टिम र आवश्यक सामग्री सहित प्रभाबित क्षेत्रमा गएका हुन । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका […]
१५ कार्तिक, पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका छन । नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको सपथ ग्रहणका लागि आयोजित विशेष कार्यक्रमलाई मंगलबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले भने, ‘म कति बर्ष पार्टीको नेतृत्वमा रहन्छु थाहा छैन तर […]
१५ कार्तिक, लन्डन । संयुक्त अधिराज्य (बेलायत) सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । लन्डन स्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको नेपालमा लगानी र व्यापारका अवसर विषयक एक उच्चस्तरीय सम्मेलनमा बोल्दै उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, […]
१५ कार्तिक, रामेछाप । करोडौँको लागतमा बनेको रामेछापको चिस्यान केन्द्र सञ्चालनमा आएको छैन । रामेछापको मन्थली नगरपालिका-१ सानीमदौमा बनेको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले बताए । जिल्लामा उत्पादन हुने जुनार, […]
१४ कार्तिक, बाँके । बाँकेको कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने बिष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडा नं. ४ बस्ने ४१ वर्षीय दिपक कुमार ढकाल समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई […]
१२ कार्तिक, बाँके । सशस्त्र प्रहरी बल जयसपुर विओपीले दशगजा नजिकबाट मोटरसाइकल सहित एक लाख रुपैयाँ भन्दा बढीको आटोपार्ट बरामद गरेको छ । जानकी गाऊंपालिका वडा नम्बर १ पचपोखरा स्थित दशगजा नजिकबाट सशस्त्र प्रहरीले आज साँझा ५ बजे युपी ४० इ एफ ४३७६ नम्बरको मोटरसाइकलसहित १ लाख ११ हजार छ सय ३३ रुपैयाँ बराबरको आटोपार्ट […]











