११ साउन, काठमाडौँ । २०२४ को सर्वेमा विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट ९८ औं स्थानमा परेको छ । जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधारमा द हेन्ली पासपोर्ट इन्डेक्सले मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ । यसरी विश्व हवाइ यात्रामा अल्पविराम लागेका वेला ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले भने विश्वका सबैभन्दा शक्तिशाली […]
१० साउन, तनहुँ । स्रोत नखुलेको १२ लाख नगद सहित तनहुँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । व्यास नगरपालिका-३ दुर्गा मन्दिर स्थित सडकबाट उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार पक्राउ गरेको हो । रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ […]
३० असार, काठमाडौँ । चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिना सम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको ११ […]
२० असार, काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाका मेयर/उपमेयर सहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । कटहरिया नगरपालिका-२ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमान अनुसार काम नगरि कमसल काम गरि अनियमितता गरेको विषयमा अख्तियारमा उजुरी परेको छ । सोही […]
१० असार, बाँके । बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ का लागि ५१ करोड २५ लाख १८ हजार बढीको प्रस्तावित बजेट सार्वजनिक गरेको छ । आज बसेको १६ औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाँउपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय सरकारको वित्तिय समानिकरण अनुदान […]
१० असार, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५० करोड ३८ लाख बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख कमरुद्दिन राईले सभालाई सम्बोधन गर्दै बजेट सार्वजनिक गरेका हुन । उनले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५० करोड […]
६ असार, काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट माथि छलफल हुने बुझिएको छ ।
२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशले शनिवार झन्डै ३९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा शनिवार प्रस्तुत गरेका […]
२ असार, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयक माथि छलफल जारी रहनेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा ‘लगानी […]
२ असार, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले सार्वजनिक गरेको मूल्य सूची अनुसार पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले घटेको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको […]











