Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रौतहटको कटहरिया नगरपालिकाका मेयर/उपमेयर सहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    २० असार, काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाका मेयर/उपमेयर सहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    कटहरिया नगरपालिका-२ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमान अनुसार काम नगरि कमसल काम गरि अनियमितता गरेको विषयमा अख्तियारमा उजुरी परेको छ ।

    Advertisement

    सोही उजुरीको आधारमा अनुसन्धान गर्दा १२ लाख ५२ हजार रुपैयाँभन्दा धेरै भुक्तानी लिई/दिई भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएको अख्तियारमा आरोपपत्रमा उल्लेख छ ।

    योजना र भुक्तानीमा संलग्न मेयर अजय प्रकाश, उपमेयर रिता देवी सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम शाह, मनोजप्रसाद जैसवाल, इन्जिनियर मोहम्मद मकसुद आलम, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साह विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »