१० असार, बाँके । बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ का लागि ५१ करोड २५ लाख १८ हजार बढीको प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।
आज बसेको १६ औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाँउपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ रु ११ करोड ६४ लाख र संघिय सरकारको राजश्व बाडफाड रु १० करोड ८४ लाख रहको बताएका छन ।
Advertisement
यस्तै, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाडफाड रु ४४ लाख ८ हजार, आन्तरिक स्रोत रु ३ करोड ५२ लाख, ससर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान (संघ) रु २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट रु १ करोड ७० लाख र सशर्त अनुदान पुजिगत तर्फ रु ६५ लाखको रहेको छ ।
गाउँसभामा गणपुरक संख्या २७ जनाको उपस्थिती रहेको थियो । आगामी आर्थिक वर्षमा कृषि विकास, पशु स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सेवा कार्यक्रम, शिक्षा कार्यक्रम, संस्थागत विकास, वन वातावरण र विपत व्यवस्थापन, लघु-उधम कार्यक्रम, खेलकुद विकास लगायतका क्षेत्रमा विषेश नीति तथा कार्यक्रम निर्माण गरिको छ ।
टिप्पणीहरू