१० साउन, तनहुँ । स्रोत नखुलेको १२ लाख नगद सहित तनहुँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
व्यास नगरपालिका-३ दुर्गा मन्दिर स्थित सडकबाट उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार पक्राउ गरेको हो ।
Advertisement
रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
काठमाडौँबाट मोटरसाइकलमा पोखरा तर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच जाँच गर्नेक्रममा उक्त नगद बरामद भएको हो ।
टिप्पणीहरू