Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १३ असोज, काठमाडौँ । आज सर्वदलीय बैठक बस्दैछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको हो । दिउँसो १ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा अविरल भारी वर्षापछिको आएको बाढी, पहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गरिने बुझिएको छ ।

    १३ असोज, काठमाडौँ । भारी वर्षापछि आएको बाढी, पहिरो लगायतका विपद्बाट हाल सम्म ९९ जनाको मृत्यु भएको छ । यस्तै, विपदमा परी ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन । गृह मन्त्रालय अनुसार शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    १२ असोज, काठमाडौँ । बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दैसबै स्वास्थ्य संस्थालाई यस्तो निर्देशन दिएका हुन । प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन […]

    ७ असोज, बाँके । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको परिसरमा खुलेआम जुवा खेलाईदैछ । आइतबारबाट सञ्चालनमा आएको मेलालाई सांस्कृतिक कार्यक्रमको प्रदर्शनी हुने बताइए पनि जुवाको अखाडा बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिरको पार्किङ स्थल परिसरमा घरवारीटोल युवा समितिले विजय दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सहितको मिनि महोत्सव […]

    ६ असोज, काठमाडौं । भक्तपुरस्थित आफ्नै निवासबाट आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बुझिएको छ । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

    ६ असोज, काठमाडौँ । कसैसंग माया बस्यो भने कस्तो हुन्छ होला ? आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै याद, उनकै कल्पना, जता गए पनि उनको याद संगसंगै, छायाँले जस्तै पछ्याइरहन्छ उनको यादले, पलभर पनि छोड्दैन । मुटुको हर ढुकढुकीमा उनकै आभाष मिल्ने गर्दछ । विपनीमा मात्र होइन हर […]

    मंसूर अली इद्रिशी ६ असोज, बाँके । पूर्व मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष हिरालाल लोनिया र पूर्व मन्त्री मोहम्मद इस्तियाक राई बीच पुनर्मिलन भएको छ । हिरालाल लोनियाले नेपाली कांग्रेस पार्टीलाई परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । उनलाई जसपाका केन्द्रीय महासचिव राईले शनिबार एक औपचारिक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका […]

    ३ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ स्थित फुल्टेक्रा चोकमा दीप प्रज्वलन गरिएको छ । आज असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा फुल्टेक्रा चोकमा दीप प्रज्ज्वलन गरिएको हो । जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब, श्री नव दुर्गा पूजा समिति फुल्टेक्रा चोक लगायत स्थानीयको सहकार्यमा मन्दिर दीप प्रज्वलन गरिएको हो […]

    ३ असाेज, काठमाडाैँ । अहिले चार्डपर्व हरुको अवसरमा ग्राहकहरुको लागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक गर्ने गरे तापानि वार्षिक जडानमा भने ग्राहकलाइ महँगो नै पर्न आउने गरेको पाइन्छ। सोही बमोजिम सस्तो तथा भरपर्दो इन्टरनेट + आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले आधा तिरे पुग्छ […]

    २ असोज, काठमाडौँ । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि अन्तिम मतदाता नामावली तयार गर्न निर्वाचन आयोगले निर्णय गरेको छ । आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने गरी नेपाल सरकारबाट उपनिर्वाचनको मिति तोकिएको छ । सोही सन्दर्भमा […]

    Translate »