Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्थानीय तहको पदपूर्तिका लागि अन्तिम मतदाता नामावली तयार गर्न आयोगको निर्णय

    २ असोज, काठमाडौँ । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि अन्तिम मतदाता नामावली तयार गर्न निर्वाचन आयोगले निर्णय गरेको छ ।

    आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने गरी नेपाल सरकारबाट उपनिर्वाचनको मिति तोकिएको छ । सोही सन्दर्भमा मतदाता नामावलीलाई अद्यावधिक प्रक्रियामा लगी अन्तिम मतदाता नामावली तयार गर्नका लागि आयोगबाट निर्णय भएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद सापकोटाले बताए ।

    Advertisement

    उनका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा भदौ ३१ सम्म देशभरबाट सङ्कलित तथा मंसिर १५ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरणलाई अद्यावधिक प्रकृयामा लगिने छ ।
    अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण असोज १८ गते आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ ।

    यस्तै, असोज १८ देखी असोज ३० गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ । यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली कार्तिक २६ गते प्रकाशित हुनेछ ।

    Advertisement

    मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाहरुको सहभागिता अपरिहार्य रहेकोले असोज १८ देखि असोज ३० गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »