वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई आग्रह गरेका छन् ।
अवधी भाषी समाज र पत्रकारिता क्षेत्रमा उनीहरूको योगदानको कदर गर्दै आज बिहीबार नेपालगञ्जमा हुने ५२८औं तुलसी जयन्ती तथा २६ औं अवधी महोत्सवको अवसरमा सम्मान गरिने आयोजकले जनाएको छ ।
यसले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको बैठकमा औल्याइएको छ । त्यसका लागि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिको संयोजकत्वमा पूर्व अध्यक्ष झलक गैरे, नेपाली काँग्रेस बाँकेका सचिव सुधाँशु कोइराला, पत्रकार शरण कर्माचार्य, शंकर खनाल, आशीष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ ।
बालमैत्री स्थानीय शासन अवलम्बन गरेको उपमहानगरपालिकाले नेपालगञ्जका विभिन्न क्षेत्रमा श्रम कार्यमा बालबालिकाहरुको प्रयोग गरिएको गुनासो आइरहेकाले अनुगमन गरिएको नेपालगञ्ज उपमहानगरपालिकाकी बाल कल्याण अधिकारी पवित्रा कुमारी पुरीले जानकारी गराइन ।
नेपालमा बिभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक कार्यक्रमहरूको प्रारम्भमा महिलालाई स्वागतको निम्ति अग्रपंक्तिमा देख्नु एक आम दृश्य बनेको छ । साडीमा सजिएका महिलाहरु टिका, खादामाला र मन्द मुस्कान सहित अतिथिलाई स्वागत गर्दै गरेको दृश्यलाई धेरैले परम्परागत संस्कारको निरन्तरता मानेका छन् । तर पछिल्लो समय यसप्रति आलोचनात्मक बहस भइरहेको छ ।
मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्यस वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले ४२ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे । यसैबीच, मिसा पुचःको स्थापनादेखि नै योगदान गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो ।
उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले निषेधाज्ञाको निवेदनमा सुनुवाइ गर्दै सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते उपस्थित हुन भनेको छ ।
विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिए ।
दुईदिने सम्मेलनलाई उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारितामार्फत नेपालको संविधानले सुनिश्चित गरेको बहुल समाजभित्रको एकतालाई व्यवहारमा लागू गर्न सकिने बताए । उनले सरकारी सञ्चार माध्यममा भाषाभाषीका समाचार प्रकाशन र प्रशारण हुँदै आएको सन्दर्भ जोड्दै यसमा थप समृद्ध गर्नुपर्ने विचार राखे ।
गाउँपालिका अर्न्तगत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय, फैसला, मुद्दा सिफारिस र अभिलेखीकरणलगायत विभिन्न प्रक्रियाका बारेमा पालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराएकी थिइन ।











